२०७८ बैशाख २८, मंगलवार ०७:३०

बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको बिभिन्न १५ वटा वडामा आधारभुत स्वास्थ्य चौँकी भवनको निर्माण भईरहेको छ ।

उपमहानगरपालिकाको पहलमा केन्द्र सरकारको ससर्त आर्थिक सहयोगमा स्वास्थ्य चौँकी भवन निर्माण हुन लागेको उपमहानगरपालिकाको उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिए । प्रत्येक वडामा चारकोठे भवन निर्माणको लागि ३५ लाख रुपैया बिनियोजन गरिएको छ । जसअनुसार वडा नं.१,३,४,५,६,८,९,११, १३,१४, १६,१८,२०,२२ र २३ का विभिन्न स्थानहरुमा ठेकेदार कम्पनीहरुको माध्यमबाट निर्माणका कामहरु भईरहेका छन् । भवन आगामी असार १५ गते भित्र सम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने लक्ष्य राखिएको छ ।

Comment


Related News

Latest News

Trending News