जनकपुरधाम । नेपाली काँग्रेस धनुषाले कोभिड–१९ का विरामीलाई आफ्नो क्षमताले भ्यासम्म स्वास्थ्य मापदण्डको पालना गरी सहयोगमा जुट्न नेता कार्यकर्ताहरुलाई अपिल गरेको छ ।
काँग्रेस धनुषा सभापति महेश शंकर गिरीले सोमवार विज्ञप्ती जारी गरेर यस्तो अपिल गरेका हुन् । उनले जनताको जीवन रक्षा गर्नुपर्ने तर सरकार नै कमिशन र भ्रष्टाचारमा संलग्न रहेको भन्दै निन्दा र भत्सर्ना गर्दै आवश्यक छानविन र कारबाही गर्न पनि सम्बन्धित निकायसँग माग गरेका छन् । ‘संघ, प्रदेश र स्थानीय सरकारले कोरोना नियन्त्रण तथा रोकथामको यथोचित व्यवस्था नगरे र अहिले कमिशनको कारण खोप ल्याउन नसकेको कुरा सरोकारवालाबाट नै सार्वजनिक भइरहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘जनताको जीवन रक्षा गर्ने, औषधि तथा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता, गैर जिम्मेवारीको पराकाष्टा र जनता विरुद्धको अक्षम्य अपराध हो ।’ अस्पतालहरुमा कोभिड संक्रमितका लागि अक्सिजन भेन्टिलेटरसहित आइसियू वेड र औषधीको नितान्त आवश्यक भएको कुरा काँग्रेस सभापति गिरीले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।



