२०७८ बैशाख २८, मंगलवार १७:३९
चीनको बेइजिङबाट अक्सिजन र भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं आइपुगेको छ ।
वायुसेवा निगमको ए३३० कलसाइनको वाइडबडी विमान मंगलवार दिउसो काठमाडौं आइपुगेको हो । जहाजले २० हजार थानमध्ये ४०० थान अक्सिजन सिलिन्डर, १६० थान अक्सिजन कन्सनटेटर र १० थान भेन्टिलेटरसहित ३० टन सामाग्री काठमाडौं ल्याइपुर्याएको वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताउनुभयो ।



