अपडेट 
२०७८ बैशाख २९, बुधबार ०७:१७

जनकपुरधाम ।प्रदेश २ मा कोरोना भाइरस संक्रमितकोभिड–१९)का संक्रमितहरुको उपचारका लागि उपकरण रहेपनि जनशक्ति अभावमा सञ्चालन हुन सकेको छैन् ।

प्रदेश २ को आठवटै जिल्लामा भेन्टिलेटर, आईसीयूको व्यवस्था गरिएपनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन् ।उपकरण नभएकै कारण प्रदेश २ का संक्रमितहरु उपचारका लागि काठमाण्डु लगायतका स्थानहरुमा जान बाध्य छन् । प्रादेशिक अस्ताल जनकपुरधाम, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अतिरिक्त पोखरिया अस्पताल, कलैया अस्पताल, भारदह अस्पताल जलेश्वर अस्पताल, गौर अस्पताल, मलंगवा अस्पतालमा पनि भेन्टिलेटर र आईसीयूको व्यवस्था गरिएपनि सञ्चालनमा आएको छैन् । ‘ठूला अस्पतालका अतिरिक्त जिल्ला अस्पतालहरुमापनि भेन्टिलेटर र आईसीयूको व्यवस्था गरिएकोछ’ प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, तर जनशस्क्ति अभावमा अधिकांश सुविधा सञ्चालनमा आउन सकेको छैन् । दक्षजनशक्तिको व्यवस्थापन गर्ने जिम्मेवारी र बजेट सम्बन्धित अस्पतालहरुलाई नै उपलब्ध गराइएको बताउँदै उनले भने, पूर्व तयारीमा केहि त्रुटी भएर व्यवस्थापनमा समस्या आएको बताए ।

प्रदेश २ कोरोना भाइरस संक्रमणको ‘हटस्पट’ रहेकोले संघीय सरकार र पालिकाहरुबाट समेत सहयोग र समन्वय आवश्यक भएको राउतले जनाए ।

Comment


Related News

Latest News

Trending News