अपडेट 
२०७८ बैशाख २९, बुधबार १५:३२

प्रादेशिक अस्पताल जनकपुरधामले मंगलबार साँझ अस्पतालको भेन्टिलेटर कक्षभित्र प्रवेश गरेर होहल्ला गरी स्वास्थ्यकर्मीमाथि हातपात गर्ने व्यक्तिहरुमाथि कडा कारवाहीको माग गरेको छ ।

मंगलबार प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पतालमा अन्तिम अवस्थामा ल्याएको संक्रमितको मृत्यु भएपछि आक्रोसित मृतकको परिवारजनले स्वास्थ्यकर्मी र कर्मचारीमाथि हातपात गर्नुको साथै अस्पतालको उपकरणहरु तोडफोड गरेको अस्पतालका मेसु डा.प्रमोद कुमार यादवले बताउनुभयो । अस्पतालले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको विषम परिस्थितिमा अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुमाथि हातपात हुनु भत्र्सनायोग्य भएको बताएको छ । ‘यस्तो विश्वव्यापी महामारीको विषम परिस्थितिमा पनि आफ्नो ज्यान जोखिममा राखेर अहोरात्र बिरामीको सेवामा खटिरहेका कर्मचारीहरुलाई हापात गर्ने व्यक्तिमाथि छानविन गरी कायरवाहीको लागि सम्पूर्ण सरोकारवाला निकायहरुलाई अनुरोध छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

आईसीयूमा तीनवटा नयाँ जडान भएका भेन्टिलेटर मेसिनलगायत अन्य उपकरण तोडफोड भएकाले क्षतिपूर्तिको उपलब्ध गराउन पनि अस्पतालले माग गरेको छ । तोडफोड गर्ने व्यक्ति लाई कडा कारबाही नभए अस्पतालका सम्पूर्ण कर्मचारी र स्वास्थ्यकर्मीहरु काम छोड्ने अस्पतालका मेसु डा. प्रमोद कुमार यादवले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News