२०७८ बैशाख २९, बुधबार १९:०७

पर्सा प्रहरीले साढे ८२ लाख सहित चार जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ जना भारतीय र एक जना नेपाली नागरिक रहेका छन् ।

बुधबार दिउसो १ बजे आदर्शनगर स्थित पुरानो बसपार्क एरियाबाट कालो झोला सहित कलामुद्दीनअन्सारीलाई प्रहरीले चेक गर्दा २५ लाख अवैध रकम भेटिए पछि उनको व्यानबाट प्रहरी विकास कुमारको डेरासम्म पुगेको थियो । डेराबाट थप ५७ लाख ५० हजार अवैध रकम भेटिएपछि चार जनामाथि बैंक तथा वित्तीय कसुर सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
प्रहरीले भारतको रक्सौल–१८ घर भइ हाल वीरगंज–३ आदर्शनगर पानीटंकीमा डेरा गरी बस्दै आएका २७ वर्षीय विकास कुमार, रक्सौल–९ का २२ वर्षीय गुडु कुमार, भारतको मोतिहारी–५ का १८ वर्षीय साहिल गुप्ता र बाराको महागढिमाई नगरपालिका–४ बस्ने वर्ष १८ का कलामुद्दीन अन्सारीलाई पक्राउ गरेको हो।

प्रहरीले ना ८ प ४८९७ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ।

Comment


Related News

Latest News

Trending News