नारायणी अस्पताल वीरगंजमा एक्सरे मेसिन बिग्रिँदा विरामीलाई समस्या भएको छ।
अस्पतालमा चार वटा एक्सरे मेशिन रहेकोमा हाल एउटा मोबाइल डिजिटल एक्सरे मात्र सञ्चालनमा छ । कोरोना संक्रमितका आफन्त अनुसार अस्पतालको पश्चिम पट्टिको ब्लकमा एक्सरे मेसिन बिग्रेको कारण संक्रमतिलाई बाहिर लगेर एक्सरे गराउनु पर्ने बाध्यता आइपरेको छ । एउटा डिजिटल एक्सरेले सबै संक्रमितको एक्सरे गर्न समय लाग्ने सिकिस्त संक्रमितहरुको एक्सरे गर्न ढिलाई भइरहेको छ ।आई सि युमा रहेका बिरोमीहरुको तिनदिनसम्म एक्सरे हुन नसकेको कारण निमुनियाका रागीहरुको उपचारमा व्यापक कठिनाइ भएको एक चिकित्कसकले बताए । कतिपय संक्रमितका कुरुवाहरुले बाहिरबाट एक्सरे गराउँदा अस्पतालबाट नै संक्रमण फैलिने खतरा बढेको छ।
हाल नारायणीमा १२५ जना क्षमताको कोरोना अस्पतालको रुपमा सेवा दिँदै गरेको भनिए पनि करिब १०५ जना संक्रमितको मात्र उपचार भएको छ । अस्पतालका प्रवक्ता डा. सरोज सिंहले एक्सरे मेसिन विग्रिँदा समस्या भइरहेको स्वीकार गरे। उनले मिस्त्रीलाई काठमाडौंबाट बोलाइएको तर निषेधाज्ञाको कारण नआएकोले बनाउनको लागि काठमाडौं पठाइएको बताए। केही दिनमा करिब ३ वटै एक्सरे सञ्चालनमा आउने उनको भनाइ छ। उनले एउटा एक्सरेले भार थेग्न समस्या भइरहेको पनि सुनाए।
अस्पतालमा समस्या भइरहँदा मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जय ठाकुर सम्पर्क विहीन बनेका छन् । संक्रमणको चाप बढेको कारण अस्पतालको व्यवस्थापकिय अवस्था नाजुक बन्दै गएको छ ।विरामिहरुले भर्ना नपाउदा एम्बुलेन्समा भौतारिने अवस्था बढेको छ भने दैनिक ५ जनासम्म ज्यान गुमाई रहेको अवस्थामा मेसु ठाकुर अधिकांस समय आफ्नो मोबाइल स्वीच गरी सम्पर्क बिहिन हुने गरेको गुनासो बढेको छ । अस्पतालमा जनशक्ति भर्ना, अक्सिजन आपूर्ति, औषधि खरीद तथा अन्य इक्विपमेन्टको जोहो समयमा हुन नसक्दा अस्पतालमा उपचार गराउने कोभिड र ननकोभिड विरामीहरु समस्या भोग्ने गरेका छन्।
कोरोना संक्रमणको हटस्पट बनेको पर्सामा संक्रमण नियन्त्रण गर्नका लागि वैशाख १६ गतेदेखि ३० गतेसम्म दुई हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. संजय ठाकुर सम्पर्क विहीन बनेका छन् । सम्पर्क गर्न खोज्दा उनको जहिल्यै पनि मोबाइल स्वीच अफ गरिएको हुन्छ । महामारीको बखत अस्पतालका अभिभावक नै सम्पर्क विहीन बनेपछि अस्पताल लथालिंग हुने स्वभाविक नै हो ।


