अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०७:१७

जनकपुरधाम । धनुषाको सिमावर्ती कमला नगरपालिका ५ मा कोरोना संक्रमणबाट मृत्यू भएका एक व्यक्तिको घरका ५ सदस्य पनि संक्रमण पुष्टि भएको छ ।

वैशाख २५ मा अन्दाजी ५० वर्षीय पुरुषको उपचार नपाएर मृत्यू भएको थियो । भारतबाट फर्केका उनलाई ज्वरो लाग्यो । घरमै उपचाररत उनको स्वास्थ्य अचानक बिग्रिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो । तर अस्पतालका डाक्टरले उनको पिसिआर परीक्षण गराएपछि मात्र भर्ना लिने भन्यो । त्यसपछि उनी प्रादेशिक जनस्वास्थ्य परीक्षण प्रयोगशालामा पिसिआर परीक्षण पनि गराए । रिपोर्ट भने नआउँदै उनको मृत्यू भयो । त्यसपछि उनको घरका सदस्यहरुले पिसिआर परीक्षण गराउँदा ५ जनामा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य संयोजक सत्यनारायण ठाकुरले जानकारी दिए । उनका अनुसार ७ महिना र १७ महिनाका दुई बच्चा पनि संक्रमित भएका हुन् । संक्रमित सबै अहिले घरमै बसेका कारण स्थानीय त्रसित बनेका छन् । स्थानीय एक युवकले भने, ‘संक्रमितलाई घरमै राख्दा हामी सबै डराएका छौं । कम्तिमा संक्रमितलाई तत्कालै आइसोलेशनमा राख्न पहल गरिदिनुस् ।’ जनप्रतिनिधिहरुले कुनै वास्ता नै नगरेको उनको गुनासो छ । कमला नगरपालिकाले कोरोना संक्रमितलाई राख्न हालसम्म आइसोलेशन बनाएका छैन ।

जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेरै आइसोलेशन बनाउन भनेपनि नगरपालिकाले चासो देखाएका छैन । नगर प्रमुख रामउदगार यादवले आइसोलेशन बनाउने तयारीमा जुटेको बताए ।

Comment


Related News

Latest News

Trending News