अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०७:२४

धनुषामा टीवी रोग जाँच गर्ने मेसिन जिन स्र्पोट ४ वटा छन् । तर ती मध्ये ३ वटा विग्रेको झण्डै ४ महिनाभन्दा बढीभईसक्दा पनि त्यसलाई मर्मत गराउन सकिएको छैन । स्वास्थ्य कार्यालय धनुषाको अनुसार जिल्लाको स्वास्थ्य कार्यालय जनकपुर, ईलाका स्वास्थ्य चौकी ढल्केवर, ईलाका स्वास्थ्य चौकी सबैला र स्वास्थ्य चौकी यदुकोहामा स्वासप्रश्वाससँग जोडिएको टिवी रोगको जाँच गर्ने मेसिन जिन स्र्पोट रहेको छ । तर सबैमा यदुकोहामा मेसिन मात्र काम गरिरहेको जिल्ला स्वास्थ्य कार्यालयका ल्याव टेक्निशियन मकेश्वर यादवले बताए । जिल्लाको स्वास्थ्य कार्यालय जनकपुर, ईलाका स्वास्थ्य चौकी ढल्केवर र ईलाका स्वास्थ्य चौकी सबैलाको मेसिन बिग्रेको करिव ४ महिना भईसकेको छ, उनले भने–त्यसलाई बनाउन पटक–पटक संघीयका स्वास्थ्य मन्त्रालय र प्रदेशका समाजिक विकास मन्त्रालयलाई ताकेता गरिरहेका छौ । तर अहिले सम्म कुनै टेक्निशियन पठाएका छैन् ।

न त कुनै हिसाबले मेसिन ठिक गन कुनै प्रयास गरिएको छ ।’ कोरोनाको बढ्दो महामारीका वेला सर्वसाधारणलाई स्वासप्रश्वासमा समान्य समस्या आएको खण्डमा चिकित्सकहरुले टीवीको जाँच र कोरोना टेस्ट गराउनुपर्ने बताउँछन्,‘ टीवी कै जाँच गराउन स्वास्थ्य कार्यालय आएका धनुषा नगराईनका एक विरामीले भने,‘ धनुषा जिल्लाका ती जाँच गर्ने मेसिन नै बिग्रेपछि सर्वसाधारण सास्ती झेल्न बाध्य छन् ।’ प्रत्येक पालिकामा हुनु पर्ने त्यो मेसिन अहिले ईलाकामा मात्रै छन्, उनले भने,‘ र ईलाकामा भएका मेसिन पनि बग्रिदा पनि कसैलाई कुनै प्रवाह छैन,लकडाउनमा यातायात बन्द छ, यस्तोमा गरिव वर्गहरुले कसरी सेवा लिन्छ रु स्वास्थ्य कार्यालय धनुषाका प्रवक्ता अशोक लाल कर्णले लामो समयदेखि टीवी जाँच गर्ने मेसिन जिन स्र्पोट बिगे्रको लामो समय भईसक्दापनि मन्त्रालयहरुले कुनै चासो नदेखाएको आरोप लगाए । लामो समयदेखि मेसिन विग्रिदा सेवा प्रभावित हुदै आएपनि मन्त्रालयहरुले कुनै चासो नदेखाएको उनले दोहराए् । मेसिन बिग्रिएकोले सेवाग्राहीलाई छिमेकी जिल्ला महोत्तरीको जलेश्वर पठाउने गरिएको उनले बताए ।

Comment


Related News

Latest News

Trending News