अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ०७:४८

कोभिड–१९ ले विश्वलाई नै आक्रान्त बनाएको बेला कतिपय देश, प्रदेश र धार्मिक समूहहरूले आ–आफ्नै हठले गर्दा यस्ता विश्वव्यापी महोरोगलाई प्रचार–प्रसारमा मलजल थपि रहेका छन् । यस महामारीले विश्वका अति विकसित राष्ट्रहरू देखी विकासशील÷अल्प विकसित राष्ट्रहरू समेतलाई एकै सिरानीमा सुताएर उपचार गराउन बाध्य बनाएको छन् । यस महारोगको उत्पत्ति चीनको बुहानबाट भए पनि अहिले विश्वका सबै देशहरू नराम्ररी रूपले अव्रmान्त बनेका छन् । पहिलो चरणमा आएका कोभिड–१९ लाई केही नियन्त्रण भएको देख्दा कतिपय देश, राज्य तथा समुदायले अब कोभिड–१९ गयो भने सोच्न थाले । पहिलो लहरमा आएका कोरोनासँग लड्ने जनशक्ति तथा भौतिक साधनहरुलाई पहिले कै अवस्थामा फर्काइए । केही दिन पर्खने र हेर्ने कुरातिर ध्यान गएन । त्यति मात्र कहाँ हो र ? पहिलो लहरको कोभिड–१९ को उपचारकालागि विशेष जनशक्तिको व्यवस्था गर्न नेपाल भरी सरकारी स्तरबाट विज्ञापन गरी विशेष शर्त तथा सुविधा किटान गरी नियुक्ति गरेका जनशक्तिका तलव, भत्ता समेत दिन अस्वीकार गरि कमाएको तलब भत्ता समेत भुक्तानी गरेको देखिएन । मंत्रालय तथा विभागका यस्ता कर्मचारीहरु आ–आफ्ना भत्ता समयमै पचाइ सके ।

यस भन्दा ठूलो लाज मर्दो कुरा के हुन सक्छ ? आज ती डाक्टर, नर्स, पारामेडिकल स्टाफ, सरसफाइमा खटिएका श्रमिक तथा प्रशासनिक व्यवस्था मिलाउने कर्मचारीहरू जति कराउँदा पनि उनीहरूका कुराको सुनुवाई कहीं कतैबाट भएको देखिएन । कुनै पनि काममा अनुभवीको महत्व बढी हुन्छ । यस्ता अनुभवी जनशक्तिहरुलाई तलब–भत्ता नदिई अमर्यादित ढंगले अस्पतालबाट विदाइ गर्नु कुन लाजले पुनः तिमीहरू काममा फर्क, भन सक्छ । एउटा संक्रमण कालमा ज्यानको पर्वाह नगरी काम गर्ने जनशक्तिलाई कमाएको तलब, भत्ता समेत बाँकी राखी विदाइ गर्नु कतिको मानवीय काम थियो ? सबै सम्बन्धित निकायसँग जनताले प्रश्न गरिराखेका छन् । अर्कोतिर नयाँ जनशक्ति व्यवस्था गर्दा ती जनशक्तिहरू पनि तलब भत्ताको मामलामा कति ढुक्क हुन सक्छन् ? काम गर्दा पछिल्ला कुराहरूबाट कति प्रभावित होलान ? ती कुराहरू बारे व्यवस्थापकहरूले जानून । विश्व जगतका मेडियाहरूले पटक–पटक प्रचार प्रसार गरि रहँदा रहँदै हामी यस्ता खतरनाक भाइरसबाट छुटकारा पायौं भने सोचेर बस्यौं । यो हाम्रो ठूलो भूल थियो । आजसम्म विश्वका विकसित देशहरू जहाँ स्वास्थ्य सुविधा हामी भन्दा अति उच्च रहे पनि यसलाई नियन्त्रण गर्न त्राही माम त्राही माम गरिरहेका छन् । हाम्रो छिमेकी देशहरू चीन र भारत मध्ये चीनले यस महारोगलाई विशेष नियन्त्रण गरे पनि भारत निकै आक्रान्त बनेको छ । देशका सबै अंगलाई यसलाई नियन्त्रण गर्न लगाए पनि अवस्था त्यति सुधारोन्मुख रहेको देखिँदैन । नेपाल त त्यसै पनि एउटा अल्पविकसित अवस्थामा रहेका कारणले बढी आक्रान्तको सम्भावनालाई नकार्न सकिँदैन । नेपाल र भारतको खुल्ला सीमाले गर्दा भारतको प्रभाव नेपालमा र नेपालको प्रभाव भारतमा पर्नु स्वभाविक रूपमा लिनु पर्ने हुन्छ । नेपाल पनि भारत जस्तै आव्रmान्त अवस्थामा प्रवेश गरिसकेको छ ।

भारत स्वास्थ्य सम्बन्धि वस्तु आफै उत्पादन गर्दा पनि निरीह भएको देख्दा भारतलाई विदेशी राष्ट्रहरू मद्दत गर्नु अगाडी पंक्तिमा आएका कुरा कसैसँग लुकेको छैन । नेपाल यी विकसित÷ विकासशील देशहरू जस्तै स्वास्थ्य सम्बन्धी कुराहरूका उत्पादनमा निकै पछाडी छ । नेपालले अझै रोग आउनु भन्दा अगाडी नै सतर्क भएर समाधान तिर लाग्नु को विकल्प छैन । नेपाल भारत मात्रै होइन, पूर्वी दक्षिण एशियाका अन्य देशहरू समेत यस महामारी बाट आक्रान्त भई रहँदा केही धर्मभीरूहरूका जमातले अहिले पनि यस्ता महामारीलाई समेत भगवानको भरोसामा छोडेर अगाडी बढ्न सल्लाह मात्र दिँदैन, यस्ता धार्मिक कर्महरूमा आडम्वरी गर्न समेत पछि पर्दैनन् । यसको टड्कारो उदाहरण हो हरिद्वारका महाकुम्भ स्नान गर्न नेपाल भारतका मात्रै होइन विश्वका लाखौ हिन्दूहरू स्नान गर्न आएका हुन्छन् । हालै हरिद्वारको महाकुम्भमा यस्तै ठूलो भेला देखियो । यहाँ देश विदेशबाट आएका दर्शनार्थीहरू आफूलाई भगवानको भरोसामा छाडेर खुशीपूर्वक गंगामा स्नान गरी धार्मिक लाभ लिएर आ–आफ्ना घर फर्केका साक्षात कुरा प्रत्येक घरको टी.भी. च्यानेलहरूमा देखेकै हुनु पर्छ । यस्ता धर्मभीरूहरूलाई आडम्बरी आध्यात्मवाद छाडेर केही वैज्ञानिक संसारतिर ध्यान जानु पर्ने थियो । विश्वका ठूल्ठूला डाक्टरहरू निर्देश दिंदा पनि सुनुवाइ भएन । आ–आफ्नै हठले त्यहाँ स्नान गर्न पुगेका भीर कहाली लाग्दो थियो । त्यहाँ बाट फर्कदा उनीहरू आफ्नो जिउमा मात्र कोरोना भाइरसका जिवाणु ल्याएनन वरू जे जस्ता लावालस्कर थिए त्यस मध्ये धेरैले यस महामारीको शिकार भए । भारतका दिल्ली, मुम्वई, लखनउ, पटना मात्र होइनन् दक्षिण भारतका प्रान्तहरू समेत आव्रmान्त भई लथाजिङ्गको अवस्थामा आई सकेका छन् ।

यस समस्याले गर्दा भारतीय सरकारको अवस्था चिन्तनीय रहेको देखिन्छ । नेपाल त एउटा अल्पविकसित देश हो । यहाँका धेरै हिन्दूहरू हरिद्वार महाकुम्भ स्नानमा पुगेका सप्रमाण हामी घरै बसी–बसी आ–आफ्ना टी.भी. च्यानल मार्फत देखेकै छौं । यहाँका सन्त महन्थ तथा पूर्व राजा–रानी देखि लिएर सर्वसाधारणको हुल त्यहाँ पुगेका थिए । उनीहरू आ–आफ्ना नगर, गाउँ सम्म आई पुग्दा रोगका शिकार भै सकेका थिए । अहिले नेपाल पनि कोभिड– १९ को महामारीले गर्दा अति संवेदनशील अवस्थामा पुगी सकेको छ । यसलाई नियन्त्रण गर्न सरकारी तथा गैरसरकारी निकायहरू लागे पनि प्रतिदिन अनेकौ मान्छे अकाल मृत्यु वरण गर्न बाध्य छन् । यसबाट हुने मृतककालागि दाह संस्कार गर्ने ठाउँ पनि भेटिराखेको छैन । अस्पतालहरूमा अक्सीजन तथा भेन्टीलेटरको चरम अभाव छ । मान्छेहरूमा एक प्रकारको त्रास र भय उत्पन्न भएको छ । के कतिवेला कसलाई के हुने हो ठेगान छैन । अस्पतालमा शैय्याको अभाावले गर्दा कतिपय रोगीको उपचार भूइमा राखेर पनि सम्भव भई रहेको छैन । यस्तो अवस्था आउने सम्भावना हुँदाहुँदै हामी सतर्क किन भएनौं यसको जबाव देही स्थानीय, प्रादेशिक तथा संघीय सरकारको हुने कि नहुने । यता नेपाली संत–महन्थ तथा पूर्व राजारानी लगायत हजारौं हजार सर्व साधारण अस्पतालको शैय्यामा भयानक त्रासदीपूर्ण जीवन विताउन बाध्य छन् । उता भारतीय महानगरहरूमा काम गर्ने नेपालीहरू समेत त्यसको चपेटामा परेको विदितै छ । त्यहाँबाट भागेर दिन दिनै हजारौं को संख्यामा नेपालका विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेका छन् । यिनीहरू आ–आफ्ना घर सम्म पुग्दा हजारौंलाई रोगले प्रभावित गरिसकेको हुन्छ ।

यस्ता महामारीलाई रोक्न सरकारबाट मात्रै सम्भव रहेको देखिँदैन । यसलाई रोक्न सबैको सहयोगको आवश्यकता छ । सरकारले अन्य व्यवस्था गरेका साथै देशभर अधिकँश जिल्लामा लाँकडाउन लगाएको छ । यस लकडाउनले विद्यार्थीहरूका पढाइ–लिखाइ देखि परीक्षा समेत स्थगित गरिएका छन् । व्यापारीहरू समेत आ–आफ्ना काम–धन्दा छाडेर अस्त व्यस्त भएका छन् । खास गरी साना–साना व्यापारी जो दिन–दिनै व्यापार गरेर आफ्नो गुजर चलाउँथे आज उनीहरूका सामुन्ने हाथ–मुख जोड्ने समस्या खडा भएको छ । देशको आर्थिक अवस्था चरमराई सकेको छ । यस्तो समयमा सबै नेपालीले धैर्यतासाथ काम लिनु पर्ने समय आएको छ । अन्तमा यस महामारीबाट बच्न हामी सबैले सावधानीपूर्वक बस्ने गरौं । मास्क लगाएर मात्र घरबाट बाहिर निस्कौं । व्यक्ति व्यक्तिले सामाजिक दुरी कायम गरौं । अर्कोतिर यसलाई छिटो भन्दा छिटो नियन्त्रण गर्न सरकारलेखोप कार्यक्रमलाई तदारुकता साथ अगाडी बढाउने काम गरोस् । यस महामारीबाट बच्न खोप एउटा ठूलो साधन बनेको छ । जुन देशबाट पनि खोपको व्यवस्था गरी देशबासीको ज्यान बचाउने सरकारको पहिलो कत्र्त( व्य हो । अहिले सरकारले पनि अन्य राजनीतिक समस्या भन्दा बढी ध्यान यस महामारी प्रति केन्द्रीत गर्नु पर्छ । यदि समय मै त्यस्तो गर्न सकिएन भने यसभन्दा पनि बिकराल रूप आउने दिन पनि धेरै टाढा छैन । अस्तु ।

Comment


Related News

Latest News

Trending News