अपडेट 
२०७८ बैशाख ३०, बिहीबार ११:३७

भारतमा कोरोना संक्रमितको संख्यामा पछिल्लो २४ घण्टामा साधारण वृद्धि देखिएको छ ।

बुधबार ३ लाख ६२ हजार ६३२ नयाँ बिरामीको पहिचान भयो, ३ लाख ५२ हजार ५ जना निको पनि भए । पछिल्लो दुई दिनदेखि ३.५० लाखभन्दा कम संक्रमित भेटिएका थिए र यो भन्दा धेरै बिरामी निको भइरहेका थिए । पछिल्लो २४ घण्टामा भारतमा ४,१२८ जनाको मृत्यु पनि भएको छ । कोरोनाका कारण ४ हजारभन्दा बढीको मृत्यु भएको यो दोस्रो दिन हो । भारतमा यो महामारीको चपेटमा हालसम्म २.३७ करोड मानिस आइसकेका छन् । यसै गरी कूल १.९७ करोड मानिस निको भइसकेका छन् । पछिल्ला केही दिनदेखि दैनिक ३ लाखभन्दा बढी मानिस दैनिक निको भइरहेका छन् । त्यसैले आज यो आँकडा २ करोड पार भएको छ । हाल कूल ३७.०६ लाख मानिसको उपचार चलिरहेको छ ।

Comment


Related News

Latest News

Trending News