अपडेट 
२०७८ बैशाख ३१, शुक्रबार ०६:५४

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १३ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १३ हजार ३४८ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ७ लाख ४० हजार २०८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । हालसम्म विश्वभर १६ करोड १८ लाख  १७ हजार १०१ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १३ करोड ९६ लाख १७ हजार ३३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३३ लाख ५८ हजार १५० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ४६६ जनाको ज्यान गएको छ । १ लाख ५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ३१ हजार १९१ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख २१ हजार ५१८ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News