२०७८ बैशाख ३१, शुक्रबार २०:४५
जनता समाजवादी पार्टी जसपाको संसदीय दलका नेतामा राजेन्द्र महतोलाई चयन गरिएको छ ।
जसपाले बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरेको हो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई दलको नेता छानिएको हो । २० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिनुभयो । भोलि पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराइने उहाँले बताउनुभयो । योसँगै जसपाले महतोकै नेतृत्वमा आफ्नो पार्टीलाई ओली सरकारमा पठाउने तयारी गरेको छ ।



