इस्लाम धर्मावलम्वीले इद–उल–फितर शुक्रबार हर्षोल्लासका साथ मनाएका छन् ।
कोभिड–१९ सङ्क्रमणबाट बच्न जिल्लामा जारी निषेधाज्ञाभित्र इस्लाम धर्मावलम्बीहरुले घरपरिवारभित्रै इद मनाएका छन् । इस्लाम धर्मावलम्बीहरू आआफनै घरमा इदको नमाज (प्राथना) अदा (समर्पण) गर्दै पर्व मनाए । वैशाख–१ गते नयाँ वर्षकै दिन यसपालि हिजरी सम्बतको रमजान (रमदान) महिना शुरु भएको थियो । प्रारम्भका केही दिन मस्जिदमै नमाज गर्दै रोजा (व्रत) थालेका इस्लाम धर्मावलम्वीले वैशाख–१० यता कोभिड– १९ सङ्क्रमण देखिन थालेपछि रमजानको नमाजअदा पनि घरघरै गर्न थालेका थिए । हिजरी सम्बत्को रमजान महिनामा दिनभरि रोजा (उपवास) बसेर मस्जिदमा गरिने नमाज यसपालि जिल्लाका इस्लाम धर्मावलम्बीले कोभिड–१९ को माहामारी रोकथामका लागि घरघरै गरेका हुन् । रमजान महिना समाप्त भएर हिजरी सम्बत्को १० औं महिना सब्बाल शुरु भएको दिन इद मनाउने इस्लाम परम्परा छ । इस्लाम परम्परामा रमजान महिना शुरु भएपछि दिनभरि अन्नजल केही नखाई रोजा (उपवास, व्रत) बस्ने र ब्रह्मचर्यमा रहन धार्मिक परम्परा छ ।
प्रत्येक दिन बिहान ४.५ बजेअघि ‘सेहरी’ (सामूहिक रूपमा खाइने बिहानको खाजा) र साँझ ६.३५ बजेपछि ‘ इफ्तार’ (साँझको नमाजपछि खाइने खाजा) लिने गरिन्छ । ‘सेहरी’ र ‘इफ्तार’ तथा दिनभरि पाँच पटक अल्लाह (ईश्वर) को पुकारा गरिने ‘नमाज’ सामूहिक रूपमा गरिने यसअघिको परम्परा भएपनि यसपालि पुनः कोभिड–१९ को सन्त्रासले घरघरै आफ्ना परिवारका सदस्यबीच मात्र रमदान सम्पन्न गरेर इस्लाम धर्मावलम्वीले इद मनाएसँगै एक महिने रोजा पर्व विधिवत रुपमा सम्पन्न भएको छ । इस्लाम परम्परामा रमजान महिनाभरि रोजा र नमाज गर्दै अन्त्यमा ईद–उल–फित्र पर्व मनाउने गरिन्छ । रमजानमा आफ्नो आम्दानीको २.०५ प्रतिशत गरीब दुःखीका लागि इद मनाउन ‘जकात’ छुट्याउने परम्परा छ । यस वर्ष शुक्रबारको दिन इद परेकोले मुस्लिम समुदायले दोहोरों खुसी महसूस गरेका छन् । कोरोना भाईरसका कारण सरकारले जनताको हितको मध्य नजÞर गर्दै जारी गरेको निषेधाज्ञाले मुस्लिम समुदायले समूह समूहमा विभाजित भई ईदको नमाजÞ अदा गरेका छन् । यस अवसरमा मुस्लिम समुदायले प्रार्थनामा कोरोना भाईरसको अन्तका लागि अल्लाह अर्थात ईश्वर संग दुवा माँगे । यस अवसरमा खानकाहे वरकात लोहना जनकपुरका मौलाना जियाउल मुस्तफाले यस कोरोना माहामारीमा सबैलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न अपील गरे । खानकाहे बरकातले ईदको अवसरमा गÞरीब असहायहरूलाई सबई दूध खुवाएका छन । एक महिनाको लामों उपवासमा वसी मुस्लिम समुदायले नमाजÞ तराबी पढदै अल्लाहलाई राजÞी गर्नका लागी दिन रात प्रार्थना गर्छन ।
रमजान महिना इस्लामिक क्यालेन्डरका अनुसार रमजान नवौं महिनामा शुरू हुन्छ । यो बरकतको महिना मानिन्छ । यस महिना भरि रातमा २० रकात तराबी रोजा राख्नेहरुले पढने गर्छन् । अल्लाहको पूरै महिनामा पूजा, (ईबादत) गरिन्छ । रमजानको महिना चाँद हेरे पछि सुरु हुन्छ । यस महिनामा विशव भरिका मुस्लिम समुदायका मानिसहरूले उपवास राख्दछन् । उपवासलाई अरबीमा “सौम“ भनिन्छ, त्यसैले यो महिनालाई अरबीमा माहे–ए– सियाम पनि भनिन्छ । फारसीमा उपवासलाई रोजा भनिन्छ । कोरोना भाईरसको महामारीमा पनि नेपालका हिन्दु समुदायहरुले मुसलमानहरुलाई ईदको बधाई दिएका छन । नेपालका हरेक पार्टीका नेताहरूले ईदको अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।


