अपडेट 
२०७८ जेष्ठ १, शनिबार १४:०३

रौतहटमा कोरोना संक्रमणबाट एक स्वास्थ्यकर्मीसहित ३ जनाको मृत्यु  भएको छ ।

मृत्यु हुने स्वास्थ्यकर्मीमा माधवनारायण नगरपालिकाको गढो स्वास्थ्य चौकीका प्रमुख फेकन ठाकुर रहेका छन् ।  कोभिड–१९ बाट संक्रमित भई नारायणी अस्पताल वीरगन्जमा उपचारको क्रममा ४८ बर्षिय उनको  गएराति मृत्यु भएको रौतहटका सिडियो इन्द्रदेव यादवले बताए । त्यस अघि बृन्दाबन घर भएका स्वास्थकर्मी रवि यादवको पनि तराई अस्पताल वीरगंजमा उपचारको क्रममा २ दिन अघि मृत्यु भएको थियो । 

यसैगरी कोरोनाकै कारण  चन्द्रपुरका ४० बर्षिय धरम राम र फतुवा विजयपुरका ४० वर्षीय अवध बिहारी राउतको पनि शुक्रबार साँझ उपचारको क्रममा भवानी अस्पताल वीरगंजमा मृत्यु भएको सिडियो यादवले बताए ।  यसका साथै रौतहटमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ३९ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख छ । 
 

Comment


Related News

Latest News

Trending News