अपडेट 
२०७८ जेष्ठ २, आईतवार ०७:४१

अक्सिजनको अभावलाई न्यूनिकरण गर्न सप्तरीमै अक्सिजन प्लान्ट स्थापना हुने भएको छ ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल नजिकै रहेको निजी अस्पताल छिन्नमस्तामा अक्सिजन प्लान्ट स्थापना हुने भएको हो ।
अक्सिजन प्लान्टका लागि राहत तथा विपद व्यवस्थापन कोषबाट सोधभर्ना हुने गरी ३० लाख रुपैयाँ उपलब्ध गराउने शनिबारको निर्णयसँगै छिन्नमस्ता अस्पताल प्रालिले अक्सिजन प्लान्टको योजना अगाडि बढाएको सञ्चालक शैलेन्द्रमोहन झाले बताए । सो अस्पतालले विरामीहरुको उपचारमा जिल्लामै अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । कोरोना संक्रमितको उपचारका लागि छिन्नमस्ता अस्पतालले २० एचडियुसहित ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले आफ्नै भवनमा २५ बेडको एचडियु व्यवस्थासहितको आइसोलेसन केन्द्र र साइकृष्ण मेडिकल कलेज एण्ड अस्पतालमा ५० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ ।

सप्तरीमा कोभिड–१९ को दोस्रो लहरमा २३ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणले मृत्यु हुनेको सङ्ख्या ६३ पुगेको छ । बिरामीहरुले पर्याप्त अक्सिजन नपाउँदा उपचारमा समस्या भएको छ ।

Comment


Related News

Latest News

Trending News