अपडेट 
२०७८ जेष्ठ २, आईतवार ०८:०६

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको सख्या प्रदेश २ मापनि उच्च छ ।प्रदेश २ सरकारको तथ्याक अनुसार दैनिक ५ सयको हाराहारीमा कोभिड–१९ बाट संक्रमित भएको पुष्टि भइरहेको छ ।देशकै सबै भन्दाबढि जनघनत्व भएको प्रदेश २ मा संक्रमितहरुको उपचारका लागि हरेक जिल्ला अस्पतालहरुमा व्यवस्था गरिएको छ ।तर अक्सिजनको कमि र दक्षजनशक्तिको अभावमा उपकरण भएरपनि सेवा दिन सकिएको छैन् । प्रदेश २ को आठवटै जिल्लाको ग्रामिण भेगमा समेत कोरोना भाइरसको संक्रमण फैलिसकिएको स्वास्थ्य विज्ञहरु बताउँछन् ।

प्रदेश २ को मुख्य रुपमा तीनवटा केन्द्र रहेको छ ।पर्सा जिल्लाको वीरगञ्जमा संघिय सरकार मातहतको नारायणी अस्पतालमा १ सय २५ शैय्याको कोभिड अस्पताल रहेको छ ।ति सबै आइसीयू र त्यसमा १७ वटा भेन्टिलेटर समेत रहेको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए । निजी अस्पतालहरुले समेत उपचार सुरु गरेपछि शैय्याको अभाव नदेखिएपनि अक्सिजन र दक्षजनशक्तिको अभाव रहेको उनले बताए । तर प्रादेशिक अस्पताल जनकपुरधाममा शैय्याको अभाव रहेको छैन् ।सय शैय्याको कोभिड अस्पतालमा हाल ६० जना बिरामी रहेको प्रमुख डा प्रमोद कुमार यादवले बताए ।जनशक्तिको आपूर्तीपनि भएको बताउँदै उनले भने , तर अक्सिजनको चरम अभाव छ ।उनले औषधिको समेत कमि भएको बताए । तर कोभिड अस्पतालमा आमालाइ भर्ना गराएका धनुषा जिल्लाको नगराइन नगरपालिका ५ बस्ने विनय दासले औषधी आफै किन्नु परेको बताए । ‘कोठामा थुप्रिएको फोहरहरु कुरुवाले नै सफाइ गर्नुपर्ने बाध्यता छ ’उनले भने, बिरामीलाई बेडमा राखिने बेला चिकित्सकले देखेपनि फेरी फर्केर आउने गरेका छैनन् । त्यसैगरि काकाको उपचार गराइरहेका लक्ष्मण यादवले भेन्टिलेटरमा राख्न पहिलो दिन शुक्रवार आएका डाक्टर फेरी फर्केर आएका छैनन् ।बिरामी र बेडको सरसफाइ आफै गर्नु पर्ने खाना र औषाधीको व्यवस्थापनि आफैले गर्नु पर्ने उनको कथन छ ।नर्स मात्र रोगीलाइ हेरेको उनले बताए । सप्तरी जिल्लाको राजविराज स्थित गजेन्द्रनारायण सिह अस्पतालमापनि रोगीको चाप रहेको छ ।तर हाल बिरामीलाइ शैय्याको अभाव नभएको समाजिक विकास मन्त्रालय प्रदेश २ ले जनाएको छ ।

सप्तरीको भारदह स्थित कोरोना अस्पताललेपनि सेवा दिइरहेको छ ।तर जनशक्तिको अभावमा सेवा व्यवस्थित हुन सकिरहेको छैन् । सप्तरीमा उपचार नपाएर बिरामीहरु बिराटनगर र धरान जाने गरेकाले अस्पतालमा शैय्याको अभाव नभएको देखिन्छ ।जनशक्ति, औषधी, अक्सिजन लगायतको कमि रहेको अस्पतालमा कुरुवा बसेका सोनफी साहले बताए ।‘१७ पटक बोलाउदा नर्स समेत आउने गरेको छैन्’ उनले भने, बिरामी छट्टपटाइ रहँदापनि हेर्न कोही आउँदैनन् । जिल्लाहरुमा रहेको अस्पतालहरु मध्ये महोत्तरी, सर्लाहीमा जनशक्ति नहुँदा भेन्टिलेटर लगायतको सुबिधा उपलब्ध गराउन सकिएको छैन् । ति जिल्लाहरुबाट बिरामी प्रादेशिक अस्पताल जनकपुरधाममा आउने गरेका छन् ।प्रादेशिक अस्पतालका प्रमुख डा यादवका अनुसार शनिवार भेन्टिलेटर खाली रहेकोछ । यहाँ उपचार संभव नभएका जटिल प्रकृतीका बिरामीहरुलाइ थप उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डुपनि लगिने गरिएकोछ । निजी अस्पतालहरुमा रोगीको अवस्था बिग्रिसकेपछि सरकारी अस्पतालमा पठाउने गरिएकाले भेन्टिलेटरमा समेत चाप रहेको नारायणीका प्रवक्ता डा दासले बताए । प्रदेश २ सरकारले जनकपुरधाममा थप १ सय शैय्याको कोभिड–१९ अस्पताल निर्माण गर्न लागेको छ ।पोखरा स्थित मनिपाल मेडिकल कलेजले शिक्षण अस्पतालका लागि निर्माण गरेको संरचनामा नै ७ करोडको लागतमा अस्पताल सञ्चालन गर्न थालेको छ ।अस्पताल निर्माणमा जुटेका डिभिजन सिँचाइ कार्यालय जनकपुरधामका प्रमुख इञ्जिनियर भगवान झा दुई हप्ता भित्र अस्पताल सञ्चालनमा आउने बताउँछन् । प्रदेश २ मा धनुषा र पर्सा जिल्लामा अक्सिजन उत्पादन गर्ने प्लान्ट छ ।तर ती उद्योगहरुले उत्पादित अक्सिजन काठमाण्डु लगायत अन्यत्रका जिल्लाहरुमा पठाउन थालेकाले प्रदेशमा अक्सिजनको आपुर्तीमा समस्या आएको बताइन्छ ।

जिल्ला स्थित समन्वय समितिले निजी अस्पतालहरुलाइ प्राथमिकतामा राखेपछि सरकारी अस्पतालमा अक्सिजनको समस्या झन बढेकोछ ।प्रादेशिक अस्पतालका प्रमुख डा यादवका अनुसार दैनिक ४देखि ५ सय सिलिण्डर अक्सिजनको आपूर्ती भए सहज हुनेछ । ज्यान जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि हुने आक्रमणले मनोबल खसाउने काम नरोकिएको उनले बताए ।सिकिस्त रोगीहरुलाइ ल्याउँदा अस्पतालको समस्या नै नबुझी भेन्टिलेटरमा राख्न दबाब दिने गरिएको उनले दुखेसो पोखे ।भेन्टिलेटरमा उपचारार्थ रहेका बिरामीलाइ हटाएर उपचार गर्न नसकिने परि स्थितमा समेत स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गरेकाले जनशक्ति व्यवस्थापनमा समस्या आएको देखिन्छ । तर बिरामीका कुरुवाहरुले भने अस्पतालमा शैय्या खाली रहेपनि बिरामी भर्ना गर्नै नचाहने आरोप लगाउछन् ।नर्सको भरमा मात्र उपचार भइरहेको र अन्य सबै व्यवस्था स्वयं मिलाउनु पर्ने बाध्यता रहेको कुरुवा दास बताउँछन् । प्रदेश २ मा कोभिड १९ को कारणबाट वैशाख ३१ गते सम्म २ सय ७७ जनाको मृत्यु भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयका प्रवक्ता डा कमलेश कुमार यादवले जनाए ।१७ हजार २ सय ५६ जना निको भएका छन् ।८ हजार २ सय १८ जना सक्रिय सक्रमित रहेको डा यादवले बताए ।

Comment


Related News

Latest News

Trending News