अपडेट 
२०७८ जेष्ठ ३, सोमबार १०:०६

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट सिर्जित परिस्थिति नियन्त्रण र समग्र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटको प्रारम्भिक मस्यौदा तयार भएको छ।

विद्यमान परिस्थिति र सरोेकारवाला विभिन्न  पक्षको  सुझावलाई  समेत  ध्यान  दिँदै बजेटको प्रारम्भिक रूपरेखा तयार भएको अर्थमन्त्री विष्णुप्रसाद  पौडेलका  आर्थिक  सल्लाहकार  डा प्रकाशकुमार श्रेष्ठले जानकारी दिनुभयाे । “बजेटको प्राविधिक तयारीको काम रफ्तारमा भइरहेको छ,” उहाँले भन्नुभयाे ,  “अहिलेसम्म प्रारम्भिक खाका बनिसकेको छ।” संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते नै बजेट ल्याउनुपर्ने हुन्छ। सोही मितिलाई लक्षित गर्दै समय तालिकाअनुसार नै बजेट निर्माणको काम भइरहेको श्रेष्ठकाे भनाइ छ ।

Comment


Related News

Latest News

Trending News