अपडेट 
२०७८ जेष्ठ ३, सोमबार १९:२२

अघिल्लो  १० दिनकाे अन्त्तरालमा १२९२ जनाकाे काेराेना भाईरस चेकजाँच गर्दा सर्लाहीमा  आज सम्म ६३३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने  काेराेना भाईरसकाे संक्रमणबाट २६ जना ब्यक्तिको मृत्युु भईसकेकाे जिल्ला प्रशासन कार्यालयले सर्लाहीले जनाएकाे छ ।     जिल्ला असपताल सर्लाहीकाे आइशोलेसन कक्षमा ६ जना संक्रमित बिरामीहरु रहेका छन ।अक्सिजनको अभावमा  उनीहरूकाे अवस्था  जुनसुकै बेला खराब हुन सक्ने उपचारमा संलग्न चिकित्सकले बताए । अक्सिजन सिलिन्डर सबै खाली भईसकेकाे छ, हामिहरूले २ दिन देखि पहल गरेपनि अक्सिजन कतैबाट आउन नसक्दा नयाँ बिरामीहरूलाई भर्ती गर्न सकेका छैनाै पहिला दखि भर्ती रहेकाे संक्रमितहरूकाे ज्यान बचाउन समस्या भईरहेकाे अस्पतालका मे,सु, डाक्टर संजिव सिंहले बताए ।   

यस सम्बन्धमा थप जानकारीका लागि प्रमुख जिल्ला अधिकारी  हेमराज तमाङ संग बुझ्दा उहाँले केही पनि बताउन आफु असमर्थ रहेकाे बताउनु भयाे । सर्लाहीका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक संताेष सिंह राठौरले भने हाम्रो ४ जना प्रहरी समेत काेराेना संक्रमित भईसकेकाेले जिल्ला प्रहरी कार्यालयमै आइशोलेसन कक्ष निर्माण गरि उपचार भईरहेकाे उपरीक्षक राठौरले जनाए । २० वटा पालिका रहेकाे सर्लाहीमा केहि पालिकाहरूले काेरेनटाईन सेनटर निर्माण गरेपनि त्योभन्दा हाेम अाईसुलेशनमै बस्ने भनेर अधिकांस संक्रमितहरू घरमै बसेका छन् । स्थानीयहरूका अनुसार पालिकाहरूले बजेट सिध्याउन मात्र काेरेनटाईन निर्माण गरेकाे छ । पालिकाहरूले निर्माण गरेकाे काेरेनटाईन वा अाईसाेलेसनमा अक्सिजन छैन, भेनटीलेटर छैन । संक्रमितको अवस्था खराब भएपछि थप उपचारकाे लागि बाहिर लानुपर्ने  बाहेक अरू कुनै बिकलप छैन । त्यसैले पालिकाहरूले बनाएकाे काेरेनटाईनकाे कुनै काम नरहेकाे स्थानीय हरूले गुनासाे गरेका छन ।   सरकारले निजी क्लिनिक र असपतालहरूलाई ३ प्रतिशत बेड काेराेना बिरामीकाे लागि सुरक्षित राखनु पर्ने बताएपनि यहाका अधिकांस निजी असपतालहरूले बेड सुरक्षित गरेकाे छैन । यश सम्बन्धमा निजी असपतालका संचालक संग कुरा गर्दा अाफुहरू संग अक्सिजन र अाैषधीकाे अाभाव रहेकाे कारण काेराेना संक्रमितलाई भर्ना गर्न नसकेकाे बताए । जसका कारण समान्य रूघा ,खाेकीका बिरामीहरूले पनि उपचार नपाएर समस्या भाेग्न बाध्य भएका छन् ।

Comment


Related News

Latest News

Trending News