सशस्त्र प्रहरी रिजर्भ गण पिलुवा बाराले अबैध काठसहित जीतपुरसिमरा उपमहानगरपालिकाको टिपरलाई नियन्त्रणमा लिएको छ । जीतपुर सिमरा उपमहानगरपालिकाको ना १ ग ७६२ न. को सरकारी गाडीमा अबैध १३ थान साल जातको चिरान काठ बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक मनोज थापाले जानकारी दिए ।
प्रहरीले ४५ बर्षिय चालक सुनिल चौधरीलाई राति करिब ९ बजे पक्राउ गरेको हो । चालकका अनुसार उक्त काठ जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष केदारनाथ बजगाइले लोड गराएको बताएका छन् । तर वडाध्यक्ष बजगाँईले टिपर ,ट्रक लगायतका उपमहानगरपालिकाको गाडिहरु आफुहरुको निर्देशन अनुसार सञ्चालन नहुने भएकाले आफनो त्यसमा कुनै संलग्नता नभएको स्पष्ट पारेका छन् । उनले आफनो संलग्नता देखाएर समाचार नलेख्न अनुरोध गरे । ट्रक सहित काठलाई जिल्ला बनको जिम्मा लगाइएको प्रहरी उपरिक्षक थापाले बताए । बरामद काठको बजार मुल्य करिब ५० हजार रहेको छ । उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चेत कुमार पोख्रेलको निर्देशनमा गाडिमा काठ लोड गरिएको प्रमुख प्रशासकीय अधिकृतका गाडि चालक बच्चा सिँह दोनवारले बताए । ट्रिपर र चालकलाई नियन्त्रमा राखि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाईएको डिभिजन बन कार्यालय बाराका प्रमुख मञ्जुर अहमदले जानकारी दिए ।


