२०७८ जेष्ठ ४, मंगलवार ०७:३४
जीतपुर । गैर आवासिय नेपाली संघ अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त आयोजनामा बाराको सिमरास्थित क्वारेन्टाईनलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२ पशुपति नगरस्थित सरस्वतीआधारभुत बिद्यालयमा संचालित क्वारेन्टाईनलाई सो सामग्री हस्तान्तरण गरिएको जनाईएको छ । स्वास्थ्य सामग्रीमा बेटाडिन १२ पिस ,सेनिटाईजर १५ लिटर ,हापोक्लोरिड एसिड २० लिटर ,मास्क ६० प्याकेट ,अक्सिमिटर पाँच पिस र थर्मोमिटर पाँचपिस रहेको स्थानीय समाजसेवी प्रकाश ढुङ्गानाले जानकारी दिनुभयो । कार्यक्रममा वडाध्यक्ष तिलक बहादुर श्रेष्ठ ,कार्यपालिका सदस्य शोभा कार्की ,वडा सदस्य चिनिमाया परियार र धन बहादुर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।


