अपडेट 
२०७८ जेष्ठ ४, मंगलवार ०७:५२

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ सय १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१२ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २५ हजार ३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण घट्दाे क्रममा रहेकाे देखिएकाे छ । हालसम्म विश्वभर १६ करोड ४२ लाख  ५५ हजार २७ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ४१ लाख ६७ हजार ८८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ८ लाख ३२ हजार भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ३ हजार ७०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार २१५ जनाको ज्यान गएको छ । १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ६४ हजार २१८ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ४५ हजार ५२३ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News