अपडेट 
२०७८ जेष्ठ ४, मंगलवार ०८:१३

जनकपुरधाम । प्रदेश २ मा सोमबार कोरोना संक्रमणले पुरानो सबै रेकर्ड तोडेको छ ।

पछिल्लो २४ घण्टामै ६०२ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषामा मात्रै २१८ संक्रमित थपिएका हुन् । जसमध्ये अधिकांश जनकपुरधाम बजार क्षेत्रकै रहेको बताइएको छ । यस्तै महोत्तरीमा १०७, सिरहामा ३, सप्तरीमा ९६, रौतहटमा ५३, सर्लाहीमा १०, बारामा २१ र पर्सामा ८६ जनामा संक्रमण देखिएको छ । अन्य जिल्लाका ८ जना पनि संक्रमित भएका छन् । सोमबार दिउँसो ४ बजेसम्म यस प्रदेशमा सक्रिय संक्रमितको संख्या ९ हजार १७० पुगेको छ । जसमध्ये २९ सय ३७ जना पर्साकै छन् । धनुषामा २१ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै सिरहामा ४११, सप्तरीमा ८४६, बारामा ९२ ९, रौतहटमा ६१६, सर्लाहीमा १२६ र महोत्तरीमा ११ सय ८२ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ । रौतहटमा कोरोनाको दोस्रो लहर सुरु भएदेखि हालसम्म ५३ जनाको मृत्यू भएको छ । जसमध्ये १४ जना महिला छन् । केहि बालबालिकाको समेत कोरोनाबाट मृत्यू भएको बताइएको छ ।

Comment


Related News

Latest News

Trending News