२०७८ जेष्ठ ६, बिहीबार ०७:०६

बाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा आज (बिहीबार) बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई एमाले प्रवेश गरेको भन्दै कारबाही गरेपछि रिक्त भएको पदमा आज उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता कायम रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयाे । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरूप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ ।

आयोगले सबै मतदातालाई मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News