अपडेट 
२०७८ जेष्ठ ६, बिहीबार ०७:५०

यस पापमोचनी सरको अर्को नाम गोरधोई पोखरी हो । प्रत्येक साल फाल्गुन पूर्णिमाका दिन अन्तर्गृही परिक्रमामा सहभागी हुने श्रद्धालु भक्तजन यस सरोबरमा गई आफ्ना खुट्टालाई राम्ररी धोई जिउमाथि पानी छर्केर मात्र अगाडी बढेको हुन्छ । तत्कालै यसबाट के फाइदा हुन्छ भने हिडेको थकाईलाई केही कम गरि आराम दिने काम गर्दछ । पापमोचनी सर पिडारी चौकको पूर्वी– दक्षिणी कुनामा अवस्थित छ । यसको क्षेत्रफल दिन प्रतिदिन कम हुँदै आएको छ । अहिले थप खतरा के देखियो भने भिठामोर–ढल्केवर राजमार्ग विस्तार साथ पुनर्निमाण गर्न लाग्दा यस पापमोचनी सरको पश्चिम भाग लगभग आधा क्षेत्रफल सडक विभागले अतिव्रmमण गरि निर्माण शुरू गरेको छ । यसका सम्बन्धित निकायहरू यसलाई रोक्न एक शब्द पनि बोलेनन् ।

वास्तवमा सडक पनि विकासको लागि नभई नहुने पूर्वाधार हो तर निर्माण गर्दा एउटा पुरातात्विक सम्पदाको महत्तालाई समेत विर्सेर अतिव्रmमण गरि निर्माण गर्नु विल्कुलै न्यायोचित मान्न सकिदैँन । सडक निर्माण गर्दा यसको बैकल्पिक जग्गाको खोजी गरेको देखिएन । जनकपुरमा अधिकाँश जलाशयहरू स्थानीय मानिसहरूबाट अतिव्रmमण गरेको बेला जिम्मेवार पक्षबाट बचाउने काम नगरी उनीहरू समेत अतिव्रmमणकारीलाई साथ दिएको देखियो यसलाई जनकपुरको एउटा अति नराम्रो पक्षको रूपमा लिन सकिन्छ । यसलाई धार्मिक, बातावरणीय, पुरातात्विक तथा परम्परागत रूपले समेत राम्रो मान्न सकिँदैन । अहिले पनि यस्ता अतिव्रmमणलाई रोकी सडक पुनर्निर्माणको लागि वैकल्पिक जग्गाको खोजीमा लाग्नु नै उत्तम उपाय हुने जनकपुरको जनआवाज रहेको देखिन्छ । अव हामी मूल शीर्षकतिर जान चाहन्छौँ । पापमोचनी सरलाई वृहत् विष्णुपुराणको अंश मिथिला महात्म्य अनुसार यसलाई निकै पवित्र सरोवरको रूपमा लिने गरिन्छ । पापमोचनी सरको नामबाट पनि के बुझ्न सकिन्छ कि यसमा स्नान गर्दा वा जल छर्कदा पापबाट मुक्ति भेट्ने अर्थमा लिने गरिन्छ । प्राचीन कालदेखि बर्तमानसम्म धार्मिक रूपमा यस्ता मान्यता रहि आएको छ । अहिले पनि यस सरोवरको पानीबाट मानिसहरू आफ्ना जिउलाई पवित्र गर्न खोज्छन् । जनकपुरधाममा अवस्थित सरोवर तथा नदीहरूमा कुन महिना, तिथि तथा पलमा स्नान गर्दा बढी धार्मिक फुल पाइन्छ भने कुरा मिथिला महात्म्यमा ऋषि पराशरजी प्रष्ट रूपले उल्लेख गरेका भए तापनि पापमोचनी सरमा जुन समयमा स्नान गरे पनि आफ्ना गरेका पापबाट मुक्ति पाइन्छ भने कुरा उल्लेख छ ।

खास गरी जानकीको जन्मदिन वैशाखको शुक्ल नवमी, रामको जन्म दिन चैत्रको शुक्ल नवमी तथा राम जनकी को विवाह भएका दिन अगहनको शुक्ल पञ्चमीका दिन अन्य सरोवरको साथसाथै पाप मोचनी सरमा स्नान गर्दा विशेष फल प्राप्त हुन्छ भने जनविश्वास छ । एउटा अर्को सन्दर्भमा मिथिला महात्म्य ले के उल्लेख गरेको छ भने जनकपुरधामका यी सरोवरहरूमा स्नान गर्दा मृत्यु उप्रान्त साकेतधामको बास प्राप्त गर्छन । यसमा पनि पापमोचनी सरको एउटा विशेष स्थान रहेको छ । यी त भए धार्मिक मान्यता, अब केही प्राकृतिक विज्ञानका कुरातिर लागौं । प्राकृतिक रूपमा पाइने जीवजन्तु तथा वोटविरूवाहरूका वीचमा प्राकृतिक सन्तुलन कायम रहेको हुन्छ । एउटा माथि अर्काको निर्भरता रहन्छ । यस्ता सन्तुलन बातावरणलाई हामी बिगार्दा हामीलाई प्रकृतिले समेत अनेक प्रकारले विगार्ने काम गरेको हुन्छ । प्राचीन जनकपुर यस्ता बातावरणीय रूपमा सन्तुलित थिए । पोखरीहरूमा रहेका पानी शुद्ध थियो । डीलहरू हरिया रूख– विरूवाले सजाइएका थिए । दुनियाका मानिसहरू जनकपुरलाई इन्द्रपुरी भनेर प्रशंसा गरेका थिए । आज न त्यो जनकपुर छ न त्यो हरियाली सजाइएका डीलहरू । आज जनकपुरको वातावरणीय अवस्थालाई ेर्दा हामी आफैलाई आफैले धिकार्न थाल्छौं । खोई जनकपुरको सरोवरहरूका डीलहरूमा रहेका बोटविरूवाहरू, सडकको दुवै किनारका हरिया रूखहरू तिरहुतिया गाछीका ऐतिहासिक रूखहरू, कहाँ गए । हामी नै यस्ता रूख विरूवाका हत्यारा छौं । हत्या त ग¥यौं तर नयाँ बोट विरूवा लगाउने काम गरेनौं । फलस्वरूप जनकपुरको वातावरणमा असन्तुलनता देखियो यसलेगर्दा जनकपुरधाम जो प्राचीन कालको अति रमणीय नगर आज अति नाजुक अवस्थामा पु¥याएर राखी छा¥यौं ।

कल्पना गरौं त, यदि यी सरोवरहरूका डीलमा आधुनिक रूपले विभिन्न किसिमका रूख, फूल तथा अन्य आकर्षक विरूवाहरू लगाई सजाइएको भए जनकपुरको अवस्था कस्तो हुने थियो होला ? यसको जिम्मेवारी कसले लिने ? हामी पनि यस्ता दुर्गतीपूर्ण काममा सहभागी छौं भने प्रमाणित भएन । अहिले पनि समय छ । यी धरोहरूलाई सजाउने काममा सम्बन्धित निकायहरूका साथै स्थानीय बासीहरूको सहभागीता उतिकै आवश्यक छ । अन्यथा जनकपुरधामका मानिसहरू नारकीय जीवन विताउन बाध्य हुनेछ । यसले गर्दा दुनियाका पर्यटकहरू समेत हामीलाई सराप्ने काम गर्ने छन् । प्राचीन कालमा मात्र होइन अहिले पनि जहाँ पोखरी खुनाइन्छ त्यहाँ चारै तिर डील छोड्ने अनिवार्य चलन रहेको छ । जनकपुरका पोखरीहरू निर्माण हुँदा प्रत्येक पोखरीका डीलहरू पक्कै थिए होला । तर अहिले ती डीलहरू मानिसहरू अतिव्रmमण गरेर आ–आफ्ना अलिशान महलहरू निर्माण गरिसकेका छन् । गुठी संस्थान, नगरपालिका, विद्युत कार्यालय, खानेपानी कार्यालयका साथै अन्य सम्बन्धित निकायहरू आ–आफ्ना तर्फबाट सुविधा प्रदान गरि ती कामहरूलाई वैधता प्रदान गरेका छन् । जसले गर्दा अतिव्रmमण गर्ने मानिसहरू उत्साहित भै अरूलाई समेत उक्साउने काम गरिरहेका छन् । अर्कोतिर यसबारे जनचेतनाको ठूलो अभाव छ । मानिसहरू यस्ता साँस्कृतिक सम्पदालाई विगार गर्दा अलिकति पनि सोचेका छैनन् कि यी धरोहरहरू हाम्रै चिनारी हो । यस्ता सम्पत्ति हामी सबैको साझा सम्पत्ति हो । पूर्खाहरूले दिएका हाम्रा विरासत हुन । प्राचीन मिथिलाको राजधानी शहर जनकपुर निकै विकसित थियो वृहत् विष्णुपुराणका अनुसार जनकपुरले निकै पवित्र शहरको रूपमा मान्यता पाएको थियो ।

यहाँका मन्दिर, कुटी, तलाऊ पोखरी, कुण्ड तथा कूपहरूका आ– आफ्नै महत्व (महत्ता) रहेका छन् । जनकपुरमा अहिले पनि विद्यमान रहेका मन्दिरको संख्या–५३ तथा कुटीको संख्या ११२ रहेका छन् । यी मन्दिर तथा कुटीहरूका आ–आफ्नै धार्मिक महत्व रहेका छन् । यस्तै जनकपुर भित्र अवस्थित पोखरीका प्रकार तिर जाँदा ५ वटा सागरहरू रहेका छन् । सागर भनेको ठूल्ठूला पोखरीलाई सम्बोधन गर्दछ भने सरले प्राकृतिक ताल–तलैया÷नदीमा गहिरो शान्त ठाउँ÷ झर्नालाई बुझ्नु पर्दछ । यस्तै कुण्डले सानो पोखरी÷कुवालाई जनाउँदछ भने कूपले इनार÷जलकुण्ड÷जलाशय÷पानीका हाँज आदिलाई बुझ्नु पर्दछ । तलाउ शब्दले जलाशय÷तलाबलाई बुझाउँछ । जनकपुरमा यी सबै जलाशयहरूका संख्या ७९ रहेका छन् । यी सबै प्रकारका जलाशयहरू अहिले पनि जनकपुरमा विद्यमान छन् । मानिसहरूका जनविश्वासको आधारमा यी सरोवरहरू प्राचीन कालकै हो भने भनाइ छ । यी सबै पोखरीहरूका आ–आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेका छन् । मानिसहरू देश–विदेशबाट मिथिलाको जनकपुरमा अवस्थित यी जलाशयहरूमा स्नान गरी आ–आफ्ना दुःख दर्द तथा पापबाट मुक्त हुन आएका हुन्छन् । अर्कोतिर यी जलाशयहरूमा स्नान गर्नाले बेग्ला–वेग्लै फल प्राप्ति हुन्छ भने कुरा मिथिला महात्म्यमा उल्लेख छ । जनकपुरमा पोखरीहरूको संख्या बढी भएको हुनाले नै यसलाई ‘पोखरीको शहर’ को नाम ले पनि जानिन्छ । बास्तवमा क्षेत्रफलको हिसाबले यति संख्यामा पोखरीहरू पाइने शहर सम्भवतः अन्य ठाउँमा छैन । यी जलाशयहरू अहिले विकृत अवस्थामा रहेका छन् । जनकपुरका जिम्मेवार व्यक्तिहरूको छायामा स्थानीय बासिन्छदाहरूद्वारा नै यस्ता जलाशयहरू माथि अतिव्रmमण भै रहेको छ । यस्तै अतिव्रmमणले गर्दा कतिपय जलाशयहरू विलिन भैसकेका छन भने कतिपय विलिन हुने अवस्थामा रहेका छन् ।

बाँचेका जलाशयहरूको अवस्था पनि निकै दयनीय छ । वातावरणीय सुरक्षाका लागि जलाशयहरू नितान्त आवश्यक मानिन्छ तर यहाँका जलाशयहरूबाट उल्टै निस्केका गन्धले बातावराणलाई प्रदूषित गर्न मद्दत गरेको देखिन्छ । यस्ता पानीमा नुहाउन र सफाइ गर्न त कुरै भएन । अर्को तिर केही जलाशयहरूलाई सम्बन्धित निकायले माछा पालन गर्न ठेक्का पट्टामा दिएको छ । यसबाट केही आम्दानी त पक्कै भएको हुनु पर्छ तर प्राचीन जनकपुरको जो मान्यता थियो त्यसलाई अन्त गरेको देखिन्छ । यस्ता माछापालन गर्ने जलाशयहरूमा माछालाई ख्वाउन गाई–भैसीको गोबरको साथसाथै विभिन्न किसिमका रासायनिक मलखादहरू समेत हाल्ने गरेका छन् । यस्ता कामले जलाशयको पानी प्रदूषित भएकै छ र वरिपरिका बासिन्दाहरूलाई समेत यसको गन्धले नराम्रो प्रभाव पार्न थालेको देखिन्छ । यस्तै जनकपुरका अधिकाँश जलाशयहरू जलकुम्भीले आव्रmान्त छन् । पूरै पोखरीलाई जलकुम्भीले ढाकेको हुनाले पानी अति प्रदूषित भएको देखिन्छ । यस्ता पोखरीहरुलाई जलकुन्भीले भर्ने काम समेत गरेको छ । अर्कोतिर मानिसहरू आ–आफ्ना घरका फोहरहरू समेत यस्ता जलाशयमा फाल्न पनि पछि पर्दैनन् । त्यति मात्र कहाँ हो र ? घरघरबाट आ–आफ्ना शौचालयको पाइप समेत पोखरीमा नै खसाएको हुनाले पोखरीहरू प्रदूषित भई दुर्गन्धित भएका छन् । यता घरमा कुनै किसिमका धार्मिक पूजा पाठ हुँदा त्यसका अवशेषहरू समेत पोखरीमा नै फाल्ने गरेका छन् । यसबाट पापमोचनी सर पनि अछतो देखिँदैन । त्यसर्थ यस्ता धार्मिक तथा साँस्कृतिक सम्पदाहरूलाई सुरक्षित गरौं । यसले हामीलाई मात्र होइन हाम्रा आउने सन्ततीलाई समेत सुरक्षित गर्नेछ । इतिश्री । लेखक जनसंख्या तथा समाजशास्त्र विद् हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News