अपडेट 
२०७८ जेष्ठ ७, शुक्रबार ०७:२४

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १२ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १२ हजार ६४५ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ६ लाख ३५ हजार ८८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ५८ लाख  २३ हजार ५६९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ६५ लाख १३ हजार ३२६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ६ लाख भन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । शुक्रवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ४४ हजार ३८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार ८४७ जनाको ज्यान गएको छ । १ लाख १५ हजार ८५२ सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ८८ हजार ६४५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ३ लाख ६६६ हजार ९४६ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News