अपडेट 
२०७८ जेष्ठ ७, शुक्रबार ०७:४७

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नारायणी उपक्षेत्रीय अस्पतालमा स्थापना गर्न लागेको स्वचालित अक्सिजन प्लान्टको योजना स्थगित भएको जनाएको छ ।

मेयर विजयकुमार सरावगीले कोरोना भाईरस संक्रमणको दोश्रो भेरियन्टमा अधिकांश संक्रमितहरु अक्सिजनको अभावमा ज्यान गुमाउन बाध्य भएको अवस्थामा नारायणी अस्पतालमा दाताहरुको सहयोग र महानगरपालिकाको लगानीमा अक्सिजन प्लान्ट स्थापना गर्ने योजना अगाडि बढाएको थियो । संघीय सरकारले अक्सिजन प्लान्ट लगाउनको लागि नारायणी अस्पताललाई आर्थिक सहयोग गरेको छ । संघीय सरकारले रकम उपलब्ध गराउने भएपछि सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा महानगरपालिकाप्रती टिकाटिप्पणी गरिएको थियो । महानगरपालिकाको ध्यानाकर्षण भएको जनाउँदै मेयर सरावगीले नेपाल सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि नारायणी अस्पताललाई आर्थिक अनुदान उपलब्ध गराईदिएकोले योजना स्थगित गरिएको जनाएको हो । महानगरपालिकाले अक्सिजन प्लान्ट जडान स्थगित भएपछि यसका लागि सार्वजनिक अपिल मार्फत दाताहरुले उपलब्ध गराएको सहयोग रकम उनीहरुको सहमती भए कोभिड–१९ नियन्त्रणको अन्यकाममा खर्च गरिने समेत बताईएको छ ।

अक्सिजन प्लान्ट स्थगित गरे पनि नारायणी अस्पतालमा विद्युत सेवालाई प्रभावकारी बनाउनका लागि ३०० केभिएको ट्रान्सफमर तथा २० केभिएको युपिएस जडान कार्य भने अगाडी बढाईने महानगर प्रमुख सरावगीले जारी गरेको विज्ञप्तिमा जनाएको छ । पर्सा क्षेत्र नम्बर २ का संघीय संसद विमल श्रीवास्तवको संसदीयकोषबाट खर्च हुनेगरी १ करोड ४८ लाखको बोलपत्र स्वीकृत भईसकेको तर ठेकेदारले अक्सिजन प्लान्ट आपूर्तिमा ढिलाई गरेकोले महानगरपालिकाले १५ दिनमा अक्सिजन प्लान्ट लगाउने गरी योजना अगाडी बढाएको अवस्थामा अक्सिजन प्लान्टको लागि नेपाल सरकारले नारायणी अस्पताललाई रकम निकासा गरेको हुँदा अस्पताल प्रशासनलाई तत्काल प्लान्ट जडान गर्न आग्रह गरेका छन् । वीरगन्जमहानगरपालिकाको तर्फबाट यसअघि एउटा भेण्टिलेटर उपलब्ध गराएको र केहीदिनमै फेरी थप ३ वटा भेण्टिलेटर नारायणी अस्पतालमा उपलब्ध गराउने समेत महानगर प्रमुख सरावगीले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News