अपडेट 
२०७८ जेष्ठ ७, शुक्रबार ०७:५७

प्रविधि सहजबन्दै गएको शतब्दीहो यो । प्रविधिमापहुँचका कारण अल्प समयावधिमा अप्रत्याशित परिणाम आएका छन् । नसोचेका घटित भएका छन् । अपत्यारिलो प्रयत्नहरु सफलताको शिखरसम्म वाधा पन्छाउँदै यात्रा गरेका छन् । म जनकपुर टुडेको कुरा गर्न चाहेको हुँ । केही उत्साही युवाहरुको अफसेट प्रविधिबाट पत्रिका प्रकाशित गर्ने आवेशपूर्ण प्रयत्नको चौबीस वर्ष भइसक्यो । र्चौबीस वर्षको लक्काजवानभइसक्यो जनकपुर टुडे । जनकपुर टुडेको स्थापनाकाललाई सम्झिँदामलाई त हिजो अस्तिको कुरा जस्तै लागेको छ । त्यही अरनिको स्टुडियोको माथीबनाइएको दुई कोठे भवन ।वृजकुमार यादव, श्यामसुन्दर शशी, अनिल कर्ण, सुजितकुमार झा जनकपुरको पत्रकारिता क्षेत्रका आश लाग्दा युवाहरु थिए । तात्कलीन समयमा यी उर्जावानपत्रकारहरुको समूहगत प्रयत्नमाथि भर पर्न सक्ने अवस्थाथियो ।

त्यसै कारणले आर्थिक र भौतिक व्यवस्थापनको समस्या भएन । प्राविधिक र अन्य धेरै दृष्टिकोणले टेबलेट साइजको४ पेजको अखबारअफसेट प्रविधिमाप्रत्येक दिन निकालिने साम्थ्र्य जनकपुरसंग नरहेको निष्कर्ष निकालिन्थ्यो । यस्तोमा यो निर्णयलाई अधिकांशले आत्मघाती मान्दथे । मेरो विचारमा जनकपुर टुडे प्रकाशितगर्ने साहस गर्नुमा समूहगतसवलता थियो । त्यो धेरै दिनसम्म टिक्दै टिकेन । अपरिपक्व र आवेशित पत्रकारिताले त्यो समूह विघटन भयो । बाहिर यस्तै पत्रिका अरुहरुले पनि निकाल्न थालेका थिए । प्रतिस्पर्धाको दवाबमा उत्तेजना नियन्त्रण गर्न नसकेर पत्रकारिताकोइथिक्सलाई नै अनादर गर्ने क्रम बढयो । जनकपुरमावस्तुतः आलोचनात्मक समाचार सहजताका साथ ग्रहण गर्ने संस्कृति निमार्ण भएको थिएन । स्वभाविक रुपमा जनकपुर टुडेको विरुद्ध शक्तिशालीहरुको ठूलो जमात थियो । यी जमात पत्रिका बन्द गर्न लाई आप्mना साम्थर््य नै प्रयोग गरे र त्यसै अन्र्तगतको एउटा परिणाम हो कि टु्डेको स्थापनाकालीन समूह विघटनमा गयो । बृजकुमार यादव एक्लै हुनु भयो । के विवशताले खै, टुडेको सम्पादक नेपाली भाषाका ख्याति प्राप्त प्रध्यापन गर्ने लक्ष्मण घिमिरे बनाइनु भएको थियो । अत्यन्त भद्र विद्वान टुडेको संस्थापक सम्पादक बन्नु भयो । तर जनकपुर बृजकुमार यादवलाई नै टुडेको सबै थोक ठान्थ्यो । एक्लो बृज कुमारजी पनि खुल्ला रुपमा पत्रकारिता गर्ने अवस्थामा थिएन ।

प्रशासनिक थे्रट त थियो नै जनकपुरका केहीबलिया मान्छेहरुको धम्कीका कारण आतङ्कको अवस्थाथियो । स्वभाविक रुपमा नयाँ साथीको खोजी गर्नै पर्दथ्यो । बृज कुमारजी शुरु देखि नै हक्की स्वभावका हुन्, उहाँले ठानेपछि गरी छाडने बानी छ । तर बाटो अत्यन्त दुरुह भइसकेको थियो । जनकपुरमा रहेका एक मात्र गुप्ता प्रिन्टिङ् प्रेस जनकपुर टुडे छाप्न अस्वीकार गरसकेको थियो । प्रशासनिक दवाबकै कारण प्रेसले यस्तो निर्णय गरेको थियो । यस्तो अवस्थामा बृजकुमारजी कुनै अज्ञात ठाउँमा बसेर पत्रिकाको सम्पूर्ण कार्य सम्पन्न गर्थे र प्रत्येका दिन एक जना लहान गएर पत्रिका छपाएर, ल्याएर जनकपुरको बजारमा वितरण गर्थे । यस्तो अवस्थामा पनि पाठक जनकपुर टुडे पढन चाहन्थे र बिहान पढने पत्रिका तिनचार बजे भएपनि पढने प्रतिक्षामा हुन्थे । यस्ता सकारात्मक सङ्केत भएपनि बृज कुमारजी यथास्थितिमा पत्रिका प्रकाशन गरिराख्ने अवस्था कमजोर हुँदै गइरहको थियो । जनकपुर टुडेकै प्रतिस्पर्धामा शुरु भएको सुप्रभात दैनिकमा म र रोशनजनकपुरी काम गरिरहेको थिए । शुरुमा पत्रिका राम्रै भए पनि व्यावस्थापकीय कारणले पत्रिकागतिलो हुने छाँटकाँट थिएन । यता काठमाण्डौंबाट निस्कने र म काम गर्ने श्री सगरमाथा बन्द भइसकेको थियो । तर म जिल्ला विकास समिति धनुषाको निर्वाचित सदस्य भएको कारणले राजनीतिकव्यस्तता थियो । तर पनि नाट्य, साहित्य लेखन र पत्रकारिताबाट टाढा रहि रहनमलाई गाह्रै थियो । बृजकुमारजी र मेरो बीचमीतको सम्वोधन छ । यो सम्वोधन हामी दुइजना बिच आत्मीयताको सम्वन्धहो भने पुष्टि पनिगर्दछ । आत्मियताको लागिविश्वास सबभन्दा महत्वपूर्ण पाटो हो ।

मलाई टुडेमा सघाउन प्रस्ताव गर्नु भयो । प्रस्ताव मलाई ठिकै लाग्यो । म काम शुरु गरें । केही दिनपछि रोशन जनकपुरीलाई पनि टुडेसँग जोडने कुरा बृजकुमारजीले गर्नु भयो रोशनजी पनि टुडेमा काम थाल्नु भयो । अब सहज थियो पत्रिका निकाल्न । प्रशासनिक र बाहुबलीहरुका प्रभाव पनि शिथिल भइसकेको थियो । बृजकुमारजीको अज्ञातवास समाप्त भइसक्यो र पत्रिकाले गति लिइसकेको थियो । बजारमा कसैको पनि सदैव एकाधिकार रहदैन । नयाँ नयाँ ब्राण्डहरु आइरहन्छ । उपभोक्तालाई पनि छान्ने विकल्य हुन्छ । यस्तोमा स्वभाविक रुपमा प्रतिस्पर्धा हुन्छ । बजारमा राम्रो पुँजी र प्रवन्धन सहित अर्काे पत्रिका आइसकेको थियो । पहिला जस्तैआँतिने अवस्था थिएन, बजारमा उत्कृष्ट उत्पादन दिने रचनात्मक प्रतिस्पर्धा गर्ने सोच थियो । टुडेको सप्ताहिक विशेषाङ्कको रुपमा सौगात आयो । त्यसको सम्पादनको जिम्मेवारी म पाएँ । लामै समय सम्मत्यो प्रकाशन भइरह्यो । प्रत्येक सप्ताह आउने विशेषाङ्क यस अघि काठमाण्डौको केहीपत्रिकामा मात्रै आउथ्यो । जनकपुरको पत्रकारिताके लागियो एउटा क्रान्तिकारी प्रयत्न नै थियो । सबै सहज रुपमा चलिरहको अवस्थामा जनकपुरको एउटा सामाजिक घटना र त्यसमा जनकपुर टुडेको तटस्थ भूमिका निर्वाह गर्न नसकेको कारण देखाई रोशनजनकपुरी छोडनु भयो, नैतिक रुपमा मैले पनि छोडनु पर्ने भयो । टुडे त चलिरह् यो तर सौगातबन्दभयो । टुडेमा अरु कसैको आउने जाने क्रमचलि रहे पनि बृजकुमार मजबूतखम्भा जस्तै छानोलाई आप्mनो टाउकोमा टेकेर राख्नु भयो । बीचको अवस्थामा पत्रिका का लगानी कर्ताहरु पनि बाहिरिए ।

त्यसै क्रममा त्यति बेला जनकपुरको बजारमा रहेकादुइ महत्वपूर्ण पत्रिका जनकपुर टुडे र जनकपुर एक्सप्रेसको मर्ज पनिभयो र नयाँनाम टुडे एक्सप्रेस भनेर केही दिन सञ्चालित रह्यो । तर अन्ततःदुबै छुटिटए । टुडे पुनःनयाँ लगानी र व्यवस्थापनका साथ निस्कन थालियो । टुडेको यो समूह बढी व्यावसायिक र दीर्घकालीन सोच भएकाहरुको थियो । बृजकुमार यादव विधिवत सम्पादक भइसकेका थिए । बृज कुमार जी, अरुण सिंहानिया, अनुराग गिरीकोव्यवस्थापन र सम्पादन समूह तथा अरु हामी जस्ता साथीहरु आउने जाने लागि रहन्थ्यो । जनकपुरमा अब व्यावसायिक पत्रिकारिताको अभ्यासलेपत्रकार उत्पादन पनि भइरहको थियो । खासै चिन्ता थिएन । ०६२ को आन्दोलनले मैथिली भाषी क्षेत्रमा सञ्चारक्रान्ती नै भयो । रेडियोको रुपमा आमसञ्चारको विकास त्यही कालखण्डको देन हो । त्यतिबेलादुईवटा प्रारम्भिक रेडियोमा हामीदुइजना म र मेरा मिता बृज कुमारजी लागे पनि त्यो लामो समय त्यहाँ पनि टीक्न सकिएन । बृज कुमारजी त्यहाँबाट फर्केर रेडियो टुडे स्थापन गर्नु भयो । म त्यति बेला मिथिला क्षेत्रकै पहिलो रेडियोको स्टेशन म्यानेजर थिए, छोडे । बृज कुमारजीले मलाई पुनः टुडेको स्टेशन म्यानेजर बन्ने प्रस्ताव गर्नु भयो र स्थापना कालीन मम्यानेजर भएर म त्यहाँकाम गरे । मेरा गण्तव्य भिन्न भएको हुनाले मेरो सञ्चार यात्रावाधितभइरह्यो । मेरा मीता बृज कुमार यादव अहिले पत्रिकारिता क्षेत्रका उदाहरणीय व्यक्ति बन्न सकेका छन् । उहाँको सफलता कसैको लागि पनि पे्ररणास्पद हुन सक्छ ।

त्यो भनेको निरन्तरताकै कारणलेहो । जनकपुर टुडेलाई उहाँले आप्mनो सम्पूर्ण उर्जालाई निसृत गर्नेमाध्यम बनाउनु भयो । अहिले जनकपुर टुडे प्रदेश दुइको अग्रणी सञ्चारगृहमा रुपान्तरण भइसकेको छ । पत्रिका, रेडियो, टिभी सबै माध्यमहरु टुडे सञ्चार समूहसँग छ । आप्mनै भवन र अन्य सम्पूर्ण आधारभूत संरचनाहरु छ । यो गौरवको विषयहो । मैले पनि आप् mनो जीवनको केहीवर्ष जनकपुर टुडे र टुडे सञ्चार समूहको लागि खर्चेको छु त्यसैले झनगौरव अनुभूति भइरहको छ । चौबिसौं वर्षमा प्रवेशको अवसरमा जनकपुर टुडेको उन्नती प्रगितिको हार्दिक शुभ कामना व्यक्त गर्दछु ।

Comment


Related News

Latest News

Trending News