![](https://ejanakpurtoday.com/wp-content/uploads/2020/08/Ministry-of-Health-and-Population.jpg)
नेपालमा शुक्रबार थप ८ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको २२ हजार ३५३ पिसिआर परिक्षणका क्रममा ८ हजार ४ सय ७ र ८७३ एन्टीजेन परिक्षणका क्रममा २०० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ । त्यस्तै थप १७७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा ६ हजार २४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै ७ हजार ८ सय ९० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा तीन लाख ७४ हजार ८ सय ३६ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ लाख १६ हजार १९२ संक्रिय संक्रमित आइशोलेशनमा र ९१२ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २८ लाख ७८ हजार १४६ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।