अपडेट 
२०७८ जेष्ठ ८, शनिबार ०८:१८

कुरा २५ वर्ष पुरानो हो । मृत बृजकुमार यादव तथा राजेश कर्णजीको उमेरको दावी गर्दिन कारण उहा“हरुलाई वास्तविक उमेर भन्न अफ्ठ्यारो लाग्न सक्छ । म आफ्नो भन्न सक्छु , त्यतिवेला म २९ वर्षको थिए । एमएको पढाई सकेर कान्तिुर राष्ट्रिय दैनिकको जनकपुर सम्वाददाताको रुपमा काम गर्थे अनि हाई स्कूलको शिक्षक पनि थिए । २०४६ सालको राजनीतिक परिवर्तन पछि मुलुकमा निजी क्षेत्रमा व्यावसायिक पत्र पत्रिका प्रकाशनको दौर चलेको थियो । सरकारी क्षेत्रको गोरखापत्रसंगै कान्तिपुर, हिमालय टाइम्स, लोकपत्रलगायतका राष्ट्रिय दैनिक पत्रिकाहरु बाजार कब्जा गर्दै थिए । राष्ट्रिय पत्र पत्रिकाको मिथिला मधेसप्रतिको दृष्टिकोण बारे भनि राख्नु पर्दैन । काठमाण्डौ उपत्यकालाईमात्र नेपाल बुझ्ने मनोविज्ञान त्यतिवेला अझ सवल थियो । राजनीतिक , आर्थिक ,सामाजिक तथा सांस्कृतिक नगरी जनकपुरधाम राष्ट्रिय रुपमा ओझेलमै थियो । बहुदलीय व्यवस्था आएपनि भ्रष्टाचार उत्कर्षमा थियो ।

यहा“का धार्मिक, सांस्कृतिक तथा भाषिक अधिकारका विषयहरु राष्ट्रिय पत्र पत्रिकाहरुमा उचित स्थान पाउन सकि रहेका थिएनन् । यहा“बाट प्रकाशित हुदै आएका दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु लेटर प्रेसमा छापिन्थे जो सिमित पाठक समक्षमात्र पुग्न सकेका थिए । समाचार सम्प्रेषणका लागी शिवचौकस्थित हेलो ईन दैनिक चहार्नु पर्ने हुन्थ्यिो । मित्र प्रभाषचन्द्र झा ( रासस ) संगै हामी तीन मित्र ( बृजकुकार यादव – हिमालय टाईम्स , म– कान्तिुर तथा राजेश कर्ण–गोरखापत्र ) बीच यस विषयमा घन्टौ विचार मन्थन हुन्थ्यिो । जनकपुरलाई केन्द्रविन्दु बनाई अफसेट प्रवृधिमा दैनिक पत्रिका प्रकाशित गर्ने विषयमा । विचार मन्थनबाट सार निस्कियो – दैनिक पत्रिका प्रकाशन गर्ने । नाम जुडाइयो जनकपुर टुडे । म र बृजजी गएर जिल्ला प्रशासन कार्यालयमा दर्ता गरायौं । पत्रिका दर्ता त भयो तर प्रकाशनमा लाग्ने खर्च कसरी जुटाउने ? यक्षप्रश्न बनेर उपस्थित भयो । अन्तमा हामी तीन मित्र योजना बनायौ – टेलीफोनको अंचल डायरेक्ट्री प्रकाशन गर्ने अनि यसबाट संकलन भएको रकमबाट जनकपुर टुडे प्रकाशन गर्ने । योजना अनुसार नै काम पनि भयो । ‘ हेलो जनकपुर ’ नामले टेलीफोन डायरेक्ट्री प्रकाशित भयो । विज्ञापनवापत केही रकम पनि संकलन भयो अनि हामी तीन मित्र जनकपुर टुडे प्रकाशनमा जुट्यौ । अचम्म लाग्न सक्छ । पत्रिका बाजारमा आउन झण्डै दुई महिना अघिदेखि हामी गृहकार्यमा जुटेका थियौं । कहिले हस्त लिखित पत्रिका प्रकाशन गर्ने । कहिले कम्युटरमामात्र प्रकाशन गर्ने अनि कहिले कम्युटरबाट प्रिन्ट निकालेर राम्रो र नराम्रो पक्षको समीक्षा गर्ने ।

पत्रिका प्रकाशनमा हेलो ईनका संचालक स्वर्गीय मित्र अरुण सुल्तानिया र महावीर सुल्तानियाको योगदानलाई बिर्सिन सकिन्न । यसैगरी जनकपुर टुडेका पहिलो कम्युटर डिजाइनर सन्तोष शर्मा पनि बधाईका पात्र छन् । पत्रिका फाईनल गर्न वहानको तीन बज्थ्यिो । हामी तीनमित्रका अतिरीक्त हेलोईनका संचालक महावीरजी तथा सन्तोष त्यतिवेलादेखि जाग्राम बस्थे । त्यहि खानपिन हुन्थ्यिो अनि त्यही रमाइलो पनि गथ्यिौं । टुडेको पहिलो सम्पादक हामीले प्रोफेशर लक्ष्मण घिमिरेलाई बनायौं । पत्रिको भाषा , शैली तथा हिज्जेमा एकरुपता होस भन्ने हामी तीनमित्र प्रो घिमिरेसंग तालिमनै लिएका थिर्यौ । समय बित्दै गयो । सुरुमा दास मार्केटमा टुडेको कार्यालय राखियो । चार पृष्ट पत्रिका प्रकाशन गर्न २० घन्टा लाग्थ्यिो । न इन्टनेट , न कम्युटर । पहिला हातले लेखिन्थ्यिो । सम्पादक जीसंग देखाइन्थ्यिो अनि वल्ल कम्युटरमा दिइन्थ्यिो । तीन जनाले सक्ने कुरै थिएन । पछि हाम्रो टिममा भाई अनिल कर्ण तथा सुजित झा पनि जुटे । नया“ जोस र प्रतिभाले भरिपूर्ण अनिल र सुजितको जोडी आएपछि हामीलाई अलि सुविस्ता भयो । उता यहा“का वरिष्ट पत्रकारहरु सर्वश्री रामभरोस कापडि भ्रमर,रोशन जनकपुरी तथा रमेश रंजनहरुको समूहले शुभप्रभात दैनिक प्रकाशन गरे । प्रतिष्पर्धा झन कडा भयो तर हामी हार खाएनौं । मित्र बृजकुमार यादवजीको व्यवस्थापकीय चतुरता तथा लगनका कारण जनकपुर टुडे अगाडी बढदै गयो । जनकपुर टुडेका व्यवस्थापकहरुको विषयमा लेख्नु भन्दा टुडेको उताड चढाव पूर्ण यात्रा तथा यसको जन्म कथा लेख्न मन लागेको छ । कारण जनकपुर टुडे प्रकाशन पूर्व लगानीकर्ता कोही थिएन । हामीले मेहनति गरेर संकलन गरेको रकम विउ पूजीको रुपमा लगाएका थियौं । राती ३ वजेसम्म पत्रिका निकाल्नु अनि विहान साढे ६ वजे मोर्निङ्ग स्कूलमा जानु पर्ने मेरो वाध्यता थियो । मेरी जेठी छोरी त्यतिवेला २ वर्षकीमात्र थिईन । उसले मलाई झण्डै चिन्नै छाडेकी थिईन । ऊ सूति रहेको वेला म घर फर्किन्थे । सूती रहेकै वेला विद्यालय जान्थे अनि मध्यान्ह फर्किदा पनि खासै भेंट हुन्न्थे । अन्तमा म जनकपुर टुडेको कोर टिमबाट विदा लिए तर टुडेसंगको मेरो सम्पर्क भने जारी रह्यो ।

जनकपुर टुडेको लागी मैले लेखेका शशिक चटनी , निन्दक नियरे राखियौ तथा अचेल लेख्दै गरेको ब्लग मेरो पत्रकारिता जीवनको उपलब्धि हो । आज जनकपुर टुडे २४ वर्षको लक्का जवान भएको छ । आज टुडेको आफ्नो भवन, प्रेस तथा सुविधा सम्पन्न कार्यालय छ । टुडे स्थापनाकालका संचारकर्मीहरु म लगायत बृजजी, राजेशजी, भाई अनिल, सुजित, मित्र रमेश रंजन, रोशन जनकपुरी तथा पछि जोडिएका भाई अजित तिवारी, मनोज चौधरी सबका सब राम्रो मुकाम बनाएका छन् । टुडेकर्मीहरुको सफलतामा टुडेको योगदान अहम छ । कारण जनकपुर टुडेले हामी सबैलाई व्यावसायिक पत्रकारित सिकायो । टुडेको सफलताको राज पनि व्यावसायिक पत्रकारिता नै हो । अन्तमा जनकपुर डुडेको वार्षिकोत्सवको अवसरमा यसका सम्पादक मित्र बृजकुमार यादव, लक्ष्मण यादव, राजेन्द्र यादव, संजीव झासहित यसका संस्थापक तथा विभिन्न कालखण्डमा यसमा योगदान दिने संचारकर्मी मित्रहरुलाई वर्धाइ दिन चाहुन्छु । बधाई जनकपुर टुडे ।।

Comment


Related News

Latest News

Trending News