२०७८ जेष्ठ ९, आईतवार ०७:४५

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ९ स्थित सप्तेश्वरनाथ महादेव मन्दिर नजिकै रहेको पोखरीमा डुबेर शनिवार एक बालिकाको मृत्यू भएको छ ।

मृत्यू हुनेमा बिदेह नगरपालिकामा पर्ने जोगियारा टोल घर भएकी अन्दाजी १० वर्षीया निक्की कुमारी राय रहेकी छन् । उनी आफ्न्तको विवाह कार्यक्रममा सहभागी हुन सबैला पुगेका बेला पोखरीमा डुबेको प्रहरीले जनाएको छ । उनी अन्य युवती तथा बालबालिकासँग नुहाउन पोखरी गएकी थिइन् । पोखरीमा डुबेर उनको मृत्यू भएपनि अन्य युवती तथा बालबालिका सुरक्षित रहेको स्थानीयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News