२०७८ जेष्ठ ९, आईतवार १६:१८

विपक्षी गठबन्धनका घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनको पक्षमा १४९ बढी सांसदको हस्तक्षर संकलन भएको बताउनुभएको छ ।

संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा अध्यक्ष दाहालले रिट भने सोमवार मात्र दर्ता गर्ने निर्णय भएको जानकारी दिनुभयो । तयारी नपुगेका कारण सोमवार मात्र सर्वोच्च अदालतमा रिट लिएर जाने उहाँले बताउनुभयो । रिटमाथि थप छलफल गरेर आजै साँझसम्म फाइनल गरिसक्ने जानकारी पनि दाहालले दिनुभयो । सोमवार बिहान १० बजे हस्ताक्षर गरेको सबै सांसदसहित अदालत जाने निर्णय भएको उहाँले बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News