कोरोना संक्रमितको संख्या बढेसँगै दैनिक रुपमा अक्सिजनको माग बढि रहेको वेला धनुषामा थप एक अक्सिजन ग्यास उद्योग सञ्चालनमा आउने भएको छ ।
जनकपुरधाम उपमहनगरपालिका–२३ लादोमा एसआर गु्रपले लगाएको नयाँ अक्सिजन ग्यासको प्लान्टले केहि दिन भित्रै ग्यास उत्पादन सुरु गर्ने भएको छ । यस अघि धनुषाको मिथिला नगरपालिका अन्तर्गत ढल्केवरमा एक मात्र अक्सिजन ग्यास उद्योग सञ्चालनमा रहेको थियो । ति उद्योगले दैनिक २ सयदेखि ३ सम्म सिलिण्डर अक्सिजन उत्पादन गरेपनि कोरोनाको बढ्दो कहरहरमा धनुषा लगायत यस क्षेत्रमा अक्सिजनको व्यापक अभाव हुदै आएको छ । तर एसआर गु्रपले लगाएको प्लान्टले ग्यास उत्पादन गर्न थालेपछि यस क्षेत्रमा तत्काल अक्सिजन ग्यासको अभाव हटेर जाने आफुहरुको विश्वास रहेका धनुषा चेम्बर्स अफ कर्मसका अध्यक्ष विजय साहले जानकारी दिए । एसआर ग्रुपले अक्सिजन प्लान्टले दैनिक ३ सय देखि ५ सय सम्म सिलिण्डर ग्यास उत्पादन गर्न सक्ने गु्रपका निर्देशक सुनिल साहले जानकारी दिए ।
अक्सिजन प्लान्टको काम अन्तिम चरणमा पुगेको भन्दै उनले भने,‘ मेसिनहरु सबै सेट भईसकेका छन्, एक दुई दिनमै मेसिनलाई परीक्षण गरेर ग्यास उत्पादन कार्य सुरु गर्छौ ।’ एक वर्षदेखि नै अक्सिजन प्लान्ट लगाउने आफुहरुले प्रयास गर्दै आएको बताउदै गु्रपका प्रोपराईटर विजय साहले भने,‘ हामीले पहिला लकडाउन मै अक्सिजन प्लान्ट लगाउने सबै तयारी गरेका थियौ । आधि मेसिन त्यही वेला भारतबाट मगायौ । तर बीचमा अवस्था समान्य भएपछि फेरि अधा मेसिन आयो ।भारतीय कम्पनीले बाँकीको मेसिन पठाउने ढिलो गरिदियो । त्यसैले ग्यास उत्पादनमा ढिलाई हुन गयो । अव कुनै समस्या छैन बढीमा एक सप्ताह भित्रमा उत्पादन सुरु हुन्छ ।’ अक्सिजन प्लान्ट प्रजेक्ट साढे ६ करोडको रहेको बताए । अक्सिजन उत्पादन सुरु हुने अवस्थामा पुगेपनि अक्सिजन सिलिण्डरको अझै व्यवस्थापन हुन नसेको उनले बताए । उनले भने,‘ हामीसँग अहिले प्रर्याप्त सिलिण्डर छैन, २ सय जति मात्रै होला । हामीलाई २ हजार सिलिण्डर भएको खण्डमा मेसिन र जनशक्तिलाई भरपुर प्रयोग गर्न सक्थियौ । तर अहिले अवस्थामा हामी भारतसँग खरिद पनि गर्न सक्दैनौ । त्यसकारण नेपाल सरकार र प्रदेश सरकारसँग सिलिण्डरको व्यवस्थापनको लागि आग्रहा गरेका छौ ।’ मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अघिकारी बन्धु प्रसाद वास्तोलालाई पनि यो समस्या बताएका छौ, उनले भने,‘ उहाँहरुले उत्पादनको काम सुरु गर्नुस्, सिलिण्डरको व्यवस्थापन भईहाल्छ भनेर आवश्वासन दिनुभएको छ ।’


