२०७८ जेष्ठ १०, सोमबार १३:१५

रौतहटको गुजरा नगरपालिकास्थित खतवहिआबाट जन्ती लिएर गएको बस बाराको मानमत कलैया सडकखण्ड अन्तरगत जितपुर सिमरा उपमहानगरपालिका १६ को डकाहमा  दुर्घटना भएको छ ।

दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ । आज विहान सवा १० बजे ना४ ख ४७४९ नम्बरको बस दुर्घटनामा भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उपचारका लागि तत्कालै एम्बुलेन्सबाट जिल्ला अस्पताल कलैया तथा नेस्नल मेडिकल कलेज वीरगन्ज पठाइएको छ ।  बस तिव्र गतिको भएका कारण दुर्घटनामा परेको यात्रु तथा जन्ती नासिर मियाले बताए । बेहुला बेहुली भने अर्को गाडीमा रहेकाले सुरक्षित रहेका छन् । 

Comment


Related News

Latest News

Trending News