अपडेट 
२०७८ जेष्ठ ११, मंगलवार ०७:२४

उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजले कोरोना संक्रमितहरुको स्वास्थ्य उपचारको ब्यवस्था मिलाउन प्रदेश २ सरकार लगायत पर्सा जिल्लाका सम्पुर्ण स्थानिय सरकारको नाउँमा अन्तरिम आदेश जारी गरेको छ ।

कोभिड महामारीको अवस्थालाई ध्यानमा राखि सर्वसाधारणलाई अबिलम्ब खोपको ब्यवस्था मिलाउन र यस क्षेत्र भित्रका अस्पतालहरुको तत्काल क्षमता अभिबृद्धि गरि गरिब बिपन्न वर्गका लागी सहज, सरल र शुलभ तरिकाले स्वास्थ्य सेवा पुरयाउन पनि अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत जनकपुर अस्थाई ईजलास बीरगंजको न्यायाधीश सारंगा सुवेदीको एकल ईजलासले गरिब, बिपन्न, अशक्त, असहाय महिला र बालबालिकाहरुको पहिचान गरि वडा स्तरबाटै निशुल्क भोजन लगायतको ब्यवस्था गर्न पनि अन्तरिम आदेश जारी गरेको छ । साथै सबै पालिकाहरुले आफ्ना मातहतका दैनिक छाक टार्न समस्या रहेका अति बिपन्न वर्गका ब्यक्तीहरुमा मास्क, साबुन लगायतका स्वास्थ्य सामाग्रीहरुको वडा स्तरबाटै पुरयाउन उचित ब्यवस्था गर्न समेत आदेश जारी गरेको छ । अधिवक्ता प्रमोद प्रसादले प्रदेश २ सरकार तथा पर्सा जिल्लाका सम्पुर्ण स्थानिय तह लगायत १९ जनालाई बिपक्षी बनाई दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाई गर्दै अदालतले सो अन्तरिम आदेश जारी गरेको हो । सोमबारको पेशीमा निवेदक अधिवक्ता प्रमोद प्रसाद तथा अधिवक्ता केशवलाल केशरीले बहस गरेका थिए ।

Comment


Related News

Latest News

Trending News