अपडेट 
२०७८ जेष्ठ ११, मंगलवार ०७:३९

जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमण घट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा सोमवार ९५ महिलासहित २८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार धनुषामा १३४ जनामा कोरोना संक्रमित थपिएका हुन् । जनकपुरधाम ८ र १ मा १०÷१० जनामा संक्रमण देखिएको छ । धनुषामा थपिएका संक्रमितमध्ये अधिकांश जनकपुरधाम उपमहानगरकै रहेको बुझिएको छ । यस्तै महोत्तरीमा ४५ जना, सिरहामा ४ जना, सप्तरीमा ३२ जना, रौतहटमा २० जना, सर्लाहीमा १९ जना, बारामा १२ जना र पर्सामा १९ जना संक्रमित थपिएका छन् । यस्तै अन्य प्रदेशमा ४ जनामा पनि संक्रमण पुष्टि भएको छ । यस प्रदेशमा हालसम्म ३० हजार ३९८ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये १९ हजार २२० जना निको भइसकेका छन् । सोमवार ५५ जना निको भएको निर्देशनालयले जनाएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै बारामा ३२ जनाको मृत्यू भएको छ । यस्तै रौतहटमा पनि २४ जनाको मृत्यू भएको छ । योसँगै यस प्रदेशमा हालसम्म कोरोनाबाट मृत्यू हुनेको संख्या ५८१ पुगेको हो ।

Comment


Related News

Latest News

Trending News