अपडेट 
२०७८ जेष्ठ १२, बुधबार ०७:१२

नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ ।

चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ काे केही ठाउँमा भने आज ठूलो पानी पर्ने अनुमान गरिएको छ । यस्तै हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात र वर्षासँगै उच्च बेगको हावाहुरी समेत चल्ने सम्भावना रहेकोले केही दिनसम्मका लागि पर्वतारोहण नगर्न र नगराउन मौसमविद्को सुझाव छ । भोलि पनि देशका धेरै ठाउँको मौसम यस्तै रहने छ । प्रदेश १ को केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ भने अन्य वाग्मती, गण्डकी र कर्णाली प्रदेशमा हल्कादेखि मध्यमखालको वर्षा हुने छ । यस्तै, पर्सि शुक्रबार भने प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

यस्तै पर्सि तराईका जिल्लाहरुमा उच्च बेगको हावाहुरीसहित ठूलो वर्षा हुने हुँदा सावधानी अपनाउन मौसमविद्को आग्रह छ । मौसमविद्ले आउँदो शनिबारसम्म नै मौसम यस्तै रहने बताएका छन् ।

Comment


Related News

Latest News

Trending News