२०७८ जेष्ठ १२, बुधबार १७:२३

रौतहटमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी बिहीबार राती १२ बजेदेखि लागू हुनेगरी अगामी जेठ  १९ गते रातिसम्म  तेश्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय गौरमा बुधबार सम्पन्न बैठकले सो निर्णय गरेको हो । रौतहटका सिडिओ इन्द्रदेव यादवले कोरोना संक्रमितको दर बढ्दो क्रममा रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिएका छन् । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News