अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार ०७:०२

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ९ सय ४७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ९४७ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख ४२ हजार ७ सयमा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । हालसम्म विश्वभर १६ करोड ९० लाख ५६ हजार ८४९ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड ६ लाख ९३ हजार ९० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । विश्वभर एकैदिन ५ लाखभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । बिहीवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ३५ लाख नाघेकाे छ । संगठनका अनुसार ३५ लाख ११ हजार ५३२ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ६ हजार ८४५ जनाकाे ज्यान गएको छ । १ लाख १७ हजार ७७ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ३५ हजार ५२५ जनामा संक्रमण भइसकेको छ । त्यस्तै, ४ लाख ११ हजार ६०३ जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News