अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार ०७:२८

प्रदेश २ सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई कोरोना भाइरस संक्रमण रोकथाममा केन्द्रित गर्ने भएकोछ ।

बजेटको आन्तरिक तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले संघिय बजेटलाई कुरेको देखिन्छ । संघिय सरकारको बजेटकै अधारमा प्रदेशको बजेट तयार हुने गरेको छ ।संघिय बजेट आउने बितिकै प्रदेशको बजेट बनाउने काम द्रुतगतिमा अगाडी बढने आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले बताए । ‘बजेटको आन्तरिक कार्यहरु भइरहेको छ ’ उनले भने, संघिय बजेट आएपछि समय भित्रै प्रदेशको बजेट प्रस्तुत हुनेछ ।संघिय सरकारले बजेट थपेर दि एगत वर्षको तुलनामा केहि बढने उनले जनाए । ‘बजेट मुख्यत ःकोरोना भाइरसको संक्रमणलाई रोक्न र प्रदेशवासीको जीवन रक्षामा केन्द्रित हुनेछ’ उनले भने, प्रदेश सरकारले अहिले कोरोना भाइरस बिरुद्धको अभियानलाई नै प्राथमिकतामा राखेकोछ । प्रदेश २ मा विकास योजनाहरुको काममा व्यापक ढिलाइ भएको छ ।भौतिक पूर्वाधार, समाजिक , कृषि, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयहरुको योजना हाल सम्म ५० प्रतिशतपनि पुरा हुन नसकेको बताइन्छ । बजेट भन्दा पहिले सरकारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्नेछ ।त्यसपछि मात्र पूर्व बजेट सदनमा प्रस्तुत हुनेछ ।प्रदेश सभा तयारी अवस्थामा रहेपनि प्रदेश सरकारले बजेट अधिवेशन आव्हान गरेपछि भौतिक दुरीलाई दृष्टिगतगर्दै सदन सुचारु हुने प्रदेश सभाका सचिव रञ्जित यादवले जनाए ।

सत्तारुढ दल जनता समाजवादी पार्टी(जसपा) विभाजनको संघारमा पुगेकाले मुख्यमन्त्री लालबाबु राउत त्यसलाई पनि कुरेको बताइन्छ ।केन्द्रमा पार्टी विभाजन भएपछि प्रदेश समेत प्रभावित हुन संभावना रहेकाले ‘हेर र पर्ख’को नीतिमा मुख्यमन्त्री राउत रहेका छन् । प्रदेश सरकारप्रति देखिएको असन्तुष्टिले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सत्तापक्षबाटै असहयोग हुने उच्च जोखिम छ ।सरकारले सभासदहरुलाई फकाउन बजेटमा योजनाहरु समावेश गर्ने विषयमा छलफल थालेको छ । प्रदेश सरकारले ल्याउन लागेको यो महत्वपूर्ण बजेट हो ।यसैवर्ष भित्र प्रदेश सभाको निर्वाचन घोषणा हुन सक्ने संभावना समेत रहेकाले सरकारको बजेट कार्यकर्तामुखी हुनुपर्नेमा नेताहरुले जोड दिएका छन् । अर्थमन्त्री यादव सरकारको नीति तथा कार्यक्रम र बजेटमा कुनै समस्या नआउनेमा ढुक्क देखिएका छन् ।‘पार्टीको केन्द्र विभाजन भएपनि प्रदेशमा दुवै दल अझै समायोजन नभएकाले त्यसको प्रभाव पर्ने संभावना धेरै छैन्’ उनले भने, प्रदेशमा सरकार पूर्व राजपा र पूर्व समाजवादीकै हैसियतमा चलेको छ ।

Comment


Related News

Latest News

Trending News