अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार ०७:४४

सामान्य अर्थमा शिक्षालाई ज्ञान आर्जन गर्ने माध्यमको रूपमा लिइन्छ । मानिसको सामाजिक विकास तथा शिक्षा आर्जन गर्ने तरिका पनि परिवर्तन हुँदै आएको छन् । उदाहरणको रूपमा ढुंगे युगमा खाना प्राप्त गर्ने तथा अन्य हिंसक जनावरबाट सुरक्षित कसरी हुने मात्र ज्ञान आर्जनको मूल उद्देश्य थियो । यस्तै प्राचीन युगमा शिक्षालाई मोक्ष सँग जोडेर हेर्न थालियो । मोक्ष प्राप्ति शिक्षाको मूल उद्देश्य बन्न आयो । मध्यकालमा आउँदा धार्मिक आस्थासँग जोडेर शिक्षा प्रदान गर्न थालियो । यसै युगमा भौतिक विज्ञानको समेत शुरूवात भयो । आधुनिक युगमा मानिसभित्र रहेका अन्तरनिहित प्रतिभाको विकास गरी मानवीय आवश्यकताहरू पूर्ति गर्ने जीवनपर्यन्तप्रव्रिmयाको रूपमा शिक्षालाई स्वीकार गरेको देखिन्छ । मानवीय विकास सँगसँगै शिक्षाको प्रव्रिmयामापनि सापेक्षिक विकास भएको देखिन्छ । शिक्षाको मूल उद्देश्य भनेको राष्ट्रका नागरिकहरूलाई आफ्ना काम कत्र्तव्य र अधिकार प्रति सचेत बनाइ एउटा कर्मठ, योग्य र देशभक्त नागरिक उत्पादन गर्नु हो ।

यस्ता नागरिकबाट मात्र प्रजातांत्रिक मूल्य र मान्यताको संरक्षण र विकासमा सहयोग प्राप्त हुन सक्दछ । यसै सम्बन्धमा शिक्षा दार्शनिक एडमसनले आफ्ना विचारमाा प्रकृति, समाज र नैतिकताको बीचमा सम्बन्ध स्थापना गर्न सक्नु नै शिक्षाको मूल उद्देश्य हो । यस्ता उद्देश्यलाई प्राप्त गर्न शिक्षक विद्यार्थी र पाठ्यव्रmमको आवश्यकता पर्दछ । यी तिनै तत्वहरू मध्ये कुनै एकको अभावमा शैक्षिक प्रव्रिmया पूर्ण हुन सक्दैन । यी पक्षहरू समाजका पनि पक्षहरू हुन् । यी तीनै पक्षको समन्वयबाट मात्र मानवीय जीवनको पूर्ण तयारी सम्भव हुन सक्छ । शिक्षाले व्यक्तिलाई वर्तमान अवस्थामा समायोजनका लागि प्रशिक्षित गर्दछ भने अर्कोतिर भावी जीवनका लागि पूर्ण तयारी गराउँछ । यस कुरालाई समर्थन गर्दै अर्का शिक्षा दार्शनिक हर्बर्ट स्पेन्सरले अगाडि भनेका छन् कि शिक्षाले हामीलाई पूर्ण जीवनयापनका लागि समेत तयार गर्ने काम गर्दछ । यसबाट हामी के बुझ्छौं भने शिक्षाले हामीलाई प्रकृति र समाजसँग समायोजनको साथसाथै पूर्ण जीवनयापन गर्न हामीमा प्रविधिको ज्ञान समेत प्रदान गरेको हुनु पर्दछ । यस्ता जीवनयापनको तयारीमा नैतिकतालाई समेत सदैब ख्याल गर्नु पर्ने ह्ुन्छ । नैतिकताको अभावमा मान्छेको जीवन अपूर्ण मात्र हुँदैन, जीवनको मूल्य समेत ह्रास हुँदै जान्छ जसले गर्दा समाजमा समायोजन गर्न समेत कठिन हुन थाल्छ । उसले सोचेको सुखमय जीवन समेत बर्वाद हुन बेर लाग्दैन । आधुनिक युगमा शिक्षाले ज्ञान विकासका साथसाथै व्यवसायिक तथा प्राविधिक शिक्षामा जोड दिनु पर्दछ । अहिलेको युग प्रविधिको युग हो । प्रविधिको विकास विना हामी जीवनलाई एक पाइला पनि अगाडी बढाउन सक्दैनौं ।

व्यवसायिक तथा प्राविधिक शिक्षाको विकासको यो अर्थ होइन कि नैतिकतालाई अवमूल्यन गर्नु हो । नैतिकता विना कुनै शिक्षाको अस्तित्व कायम रहन सक्दैन । अव हामी सन्दर्भ बदलौं । यहाँ प्रश्न उठ्छ कि के नेपालको वर्तमान शिक्षा प्रणाली पूर्णरूपले असफलता तिर लागेको छ त ? अहिलेको शिक्षा प्रणालीलाई समय अनुसार परिवर्तन गरी अगाडि बढाउन सकेन । शिक्षाको मूल उद्देश्यलाई एकातिर साइडलगाई विना मूल्यमान्यता तथा विदेशीको इशारामा यस क्षेत्रलाई सधैं परिक्षण क्षेत्रको रूपमा कायम गरि मात्र राखेको देखियो । अहिलेको शिक्षा प्रणालीमा पूर्ण परिवर्तनको खाँचो छ । यदि हामी परिवर्तन नगरी पुरानै पद्धतिलाई निरन्तरता दिन्छौं भने यसले अझै हाम्रो देशमा वेरोजगारीको संख्यामा वृद्धि गरि देशलाई अधोगति तिर लानेमा कुनै शंका छैन् । आजका नेपाली विद्यार्थीहरूमा जीवनोपयोगी गुणको पूर्ण अभाव देखिन्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत रोजगारीको अवसर पाउन निकै कठिन छ । देशमा दिन प्रतिदिन वेरोजगारी बढी रहेछ । नैतिकतामा ह्रास आएको देखिन्छ । सामाजिकता कमजोर हुँदै आएको छ । हाम्रो संस्कृति, परम्परा, रीतिरिवाज, आहार–व्यवहार समेतमा निकै परिवर्तन भएको देखिन्छ । उनीहरू दिशाहीन भएका छन् । अहिले नेपालीे युवाहरू अदक्ष तथा अप्राविधिक छन् । गुणस्तरीयतासमेतको अभाव देखिन्छ । विश्ब वजारमा जाँदा सस्तो वेतनमा काम गर्ने बाध्य हुन्छन् । जुन देशमा बेरोजगारीको स्तर उच्च हुन्छ, त्यस्ता देशको अवनति निश्चित छ । त्यहाँ भोकमरी बढ्न जान्छ । स्तर दिनप्रतिदिन घट्न जान्छ । समय सुहाउँदो शिक्षा व्यवस्थापन गर्न सकेनौं भने यसले सम्पूर्ण पक्षलाई प्रभावित गर्न थाल्छ । नेपाल यस्तै गतिहीन अवस्थाबाट गुज्री रहेको छ । शिक्षालाई देशको मांग तथा समय अनुसार परिवर्तन गरी लग्न सकेनौ भने चौतर्फी नकारात्मक प्रभाव पर्नुबाट यसलाई कसैले रोक्न सक्दैन । समय अनुसारको शिक्षा लागु गर्ने जिम्मा सरकारको हुन्छ ।

शिक्षा आर्जन गर्नु मान्छेको नैसर्गिक आधिकार हो । शिक्षाबाट देशका कुनै नागरिकलाई बंचित गर्न पाउँदैन । हाम्रा देशको नेतृत्व गर्ने व्यक्तिहरूमा नैतिकताको चरम अभाव छ । उनीहरू नैतिकताको सामान्य परिभाषालाई समेत नबुझी ठाउँ तथा समय अनुसार आफू खुसी नैतिकताको परिभाषामा समेत परिवर्तन गरेका छन् । जसले गर्दा पूरै समाज नैतिकताहीन अवस्थावाट गुजे्रका छन् ।देशमा चलेको घुसखोरी, भ्रष्टाचार, नाताबाद, कृपाबाद यसै अनैतिकताको देन हो । राजनैतिक व्यक्तिहरू आ–आफ् ना क्षेत्रमा बस्दा आफनो पक्षले जस्तो सुकै अनैतिक काम गरेपनि सही कुरा भन्न सक्दैनन् बरू उल्टै त्यस्ता व्यक्तिहरूलाई प्रोत्साहित गरेका हुन्छन् । यसले गर्दा गाँउ÷नगरको सामाजिक जीवन नैतिकहीनताको कडीभित्र आईसकेकाछन् । शरकारका राष्ट्रसेवकहरू जनताबाट दिन दहाडै घुसखोरी, भष्ट्राचारी गरेको देख्दा मुक दर्शक भई बस्नु सिवाय अर्को विकल्प छैन । यसको कडी स्थानीय स्तर देखि केन्द्रीय स्तर सम्म जोडिएको देखिन्छ । यसको सफेद प्रमाण स्थानीयस्तरदेखि संघीयस्तरका सांसदहरु समेत आ–आफ्ना मान्छेलाई वाँडेका हुन्छन् । यसको कुनै भरपर्दो प्रणाली छैन । आफ्नो मान्छे जस्तो सुकै भए पनि उसैले त्यस्ता ठिकेदारी पाएका हुन्छन । यस भन्दा ठुलो अनैतिक काम के हुन सक्छ ? यति मात्र कहाँ हो र ! अहिले नेपालको प्रादेशिक तथा संघिय सरकारको निर्माणमा देखिएका व्यवहारहरू लाज लाग्दो अवस्थालाई समेत पार गरिसकेका छन् । संविधान एकातिर छ भने व्यवहार अर्को तिर । पार्टी एकातिर छ भने सांसद अर्कोतिर । सरकार बनाउने खेलमा देशका शिर्षस्थ नेतादेखि सामान्य कार्यकर्ता समेत आ–आफ्ना नैतिकतालाई वाहिर फाली आफु नै सर्वे–सर्बा हौं भने ठान्न थालेका छन् । देशका राजनैतिक अवस्था यति कमजोर भै सकेको छ कि प्रत्येक सबालमा न्यायपालिका को शरणमा जानु बाहेक अर्को विकल्प देखिँदैन ।

न्यायपालिकाले पनि पटक–पटक आप्mना पैmसला द्वारा वाटो देखाए पनि नेताहरूमा सिर्जित अहमले गर्दा पुनः त्यस्तै हर्कत गर्नबाट पछि परेको देखिँदैन । पदकै लागि लुछाचुँडी गर्नु ठीक होइन । पद पाएर पनि कतिपय नेताले आप्mनो साख (प्रतिष्ठा) बढाउनु सट्टा खस्काएका कैयौं उदाहरण छन् । पद नपाएर पनि नेपाल मै कतिपय नेताले पद पाएको भन्दा उच्च साखकायम गरी देहान्त भएका छन् । उदाहरणको रूपमा लौहपुरुष गणेशमान सिंह तथा जननेता मदन भण्डारी लाई लिन सक्छौँ । यिनीहरू पदमा नगए पनि अमर छन् । यिनीहरू राष्ट्रभक्त तथा ईमानदार थिए । राष्ट्रलाई सबैभन्दा उच्च स्थानमा राखी काम गरेका थिए । विदेशतिर लाग्दा महात्मा गाँधी तथा नेल्सन मण्डेलालाईलिन सक्छौ । महात्मा गाधीं कहिले पनि पदमा जाने इच्छा जाहिर गरेनन् । फलस्वरूप अहिले भारतीयहरु उहाँलाई राष्ट्रपिताको रूपमा स्थापित गरेर सम्मान दिएका छन् । अफ्रिकी जननेता नेल्सन मण्डेलाले पक्ष–विपक्ष लाई कहिले पनि छुट्याएर काम गरेको देखिएन । के यस्ता महान व्यक्तित्वहरूका स्थान को भन्दा कम छ र ! मैले यी उपर्युक्त कुराको चर्चा गर्नुको अर्थ आजका शिक्षाबाट नैतिकता शव्द कता हरायो ? के व्यवसायिक तथा प्राविधिक शिक्षामा नैतिकताको स्थान छैन । जस्तो शिक्षा भएपनि नैतिकताको स्थानलाई कम गर्नु हुँदैन । अर्कोतिर हाम्रो शिक्षाले नागरिकलाई पूर्ण जीवन यापनको अवसर प्रदान गर्न सकेन । किन सकेन ? यसको खोजबिन हुनुपर्छ ।

देशमा वेरोजगारी निर्मूल गर्ने खालको शिक्षा लागु गर्नु पर्छ । नैतिकताको आधारस्तम्भलाई कायम राख्नु पर्छ । यदि यस्तो गर्न सकेनौं भने भोलिका सन्ततीकालागि अझ बाटो कठीन हुने छ । कुनै पनि समस्याको समाधानमा शिक्षाको नै मुख्य भूमिका रहेको हुनाले राष्ट्रले मांग गरेको शिक्षा प्रणाली लागू गर्नु नै निर्विकल्प उपाय हुन सक्छ । अस्तु । लेखक शिक्षा शास्त्री हुनुहुन्छ ।

Comment


Related News

Latest News

Trending News