अपडेट 
२०७८ जेष्ठ १३, बिहीबार १२:२९

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ३ हजार ८४७ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख १५ हजार २३५ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने केरलामा नयाँ संक्रमितको संख्या २८ हजारभन्दा बढी छ । यस्तै कर्नाटकमा २६ हजारभन्दा बढी नयाँ संक्रमित थपिँदा महाराष्ट्रमा पनि नयाँ संक्रमितको संख्या २४ हजारभन्दा बढी छ ।

भारतमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ७३ लाख ६९ हजार नाघेको छ । संक्रिय संक्रमित भने २४ लाख १९ हजार छन् ।

Comment


Related News

Latest News

Trending News