२०७८ जेष्ठ १३, बिहीबार १७:४१

जिल्लास्थित बागमती र लालबकैया नदीमा आउनसक्ने सम्भावित बाढीका कारण उच्च सतर्कता अपनाउन रौतहट जिल्ला प्रशासन कार्यालयले स्थानीय वासिन्दालाई आग्रह गरेको छ ।

बंगालको खाडीबाट भारत हुँदै आइरहेको चक्रवात ‘यास’ कारण अविरल वर्षा भइरहेको र वर्षासँगै नदीमा बाढी आउने सम्भावना रहेका कारण सतर्कता अपनाउन आग्रह गरिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । वर्सेनि रुपमा आउने बाढीबाट पीडित नदी किनारका वासिन्दालाई थप सतर्कता अपनाउन सचेत गराइएको उनले बताए । प्रशासनले बाढी र डुबान हुने क्षेत्रमा नजाने, नदी र खोलाहरुमा माछा मार्ने लगायतका कुनै पनि कार्यहरु नगर्ने, बागमती र लालबकैया लगायत अन्य खोलाको छेउछाउमा नजाने र कुनै विपदको घटना भएमा तत्काल जिल्ला आपतकालीन सञ्चालन केन्द्रको फोन नम्बर ०५५–५२०४२४ वा प्रमुख जिल्ला अधिकारी वा प्रहरी उपरीक्षकको नम्बरमा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरेको छ ।

Comment


Related News

Latest News

Trending News