अपडेट 
२०७८ जेष्ठ १४, शुक्रबार १३:०५

सुनको मूल्‍य तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार तीन सय रुपैयाँ तोकिएको छ । बिहीबार उक्त सुन ९३ हजार सात सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार तीन सय ५० रुपैयाँ छ ।

Comment


Related News

Latest News

Trending News