अपडेट 
२०७८ जेष्ठ १५, शनिबार ०७:०९

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन ११ हजार ५ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट ११ हजार ५८५ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ४ लाख ९१ हजार ८६९ सयमा काेराेना संक्रमण पुष्टि भएकाे विश्व स्वास्थ्य संगठनले जानकारी दिएकाे छ । केही दिनदेखि विश्वभर काेराेना संक्रमण क्रमिक रूपमा घटिरहेकाे विश्व स्वास्थ्य संगठनकाे अपडेटले देखाइरहेकाे छ । त्यस्तै, संक्रमणबाट मृत्यु हुनेकाे संख्या पनि घटिरहेकाे छ । विश्वभर १७ करोड नाघेकाे छ । विश्व स्वास्थ्य संगठनकाे तथ्यांक अनुसार हालसम्म १७ कराेड १ लाख ८ हजार ८८५ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १५ करोड २० लाख ९१ हजार ४८३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। विश्वभर एकैदिन ७ लाखभन्दा बढी काेराेना संक्रमणमुक्त भएका छन् । शनिवावर बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार मृत्यु हुनेकाे संख्या ३५ लाख ३६ हजार ७७० जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ७ हजार ४७ जनाकाे ज्यान गएको छ । १ लाख १३ हजार ३९४ सक्रिय संक्रमित रहेका छन् भने ५ लाख ४९ हजार १११ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ४ लाख २८ हजार ६७० जना संक्रमित निको भइसकेका छन् ।

Comment


Related News

Latest News

Trending News