अपडेट 
२०७८ जेष्ठ १५, शनिबार ०७:१२

सरकारले कोरोना (कोभिड–१९) सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ ।

संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो । प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह ४ बजे अर्थमन्त्री विष्णु पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको र त्यसविरुद्धका मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकोले अहिले कामचलाउ बजेट मात्र ल्याउनुपर्ने अर्थविद्हरुले सझाव दिएपनि सरकारले पूर्ण बजेट ल्याउने तयारी गरेको छ ।

यता राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुले पनि १५ जेठमै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएपनि यस्तो अवस्थामा बजेट नै नल्याउन भनेको थियो ।

Comment


Related News

Latest News

Trending News