२०७८ जेष्ठ १५, शनिबार ०७:२७

धनुषा जिल्लाको पूर्वी भेगको सबैला नगरपालिकामा एकजना १७ वर्षीया किसोरीलाई तीन जना युवाले सामुहकि बलात्कार प्रयास गरेको छ ।

सवैला नगरपालिका वडा नम्बर १२ को रघुनाथपुर बस्ने तीन जना युवाले किसोरीलाई बलात्कार प्रयासगर्दै भीडीयो खिचेको पीडितले जनाएकी छन् । गत बुधवार दिउँसो दिउँसो खेतमा गएकी बेला स्थानीय १८ वर्षीय राजु पासवान, १९ वर्षीय जितेन्द्र पासवान र २० वर्षीय अजित पासवानले बलात्कार प्रयासगर्दै भीडीयो बनाएको प्रहरीमा उजुरी परेकोछ । घटनालाई गुपचुप रुपमा गाउँमै मिलाउने प्रयास भइरहँदा विहिवार प्रहरी सम्म जानकारी पुगेपछि जाहेरी समेत परेको छ ।आरोपीत युवाहरु फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकोछ ।पीडित परिवार भन्दा पूर्व नै स्थानीयले खबर गरेपछि गाउँमा अनुसन्धानका लागि प्रहरी पुगेको थियो ।छलफलको क्रममा भेला भएका २÷३ जनालाई इलाका प्रहरी कार्यालयमा ल्याइएको थियो । घटनालाई सार्बजनिक नगर्न पीडित परिवारमाथि दवावदिदै स्थानीय केहि मानिसले गाउँमै मिलाउने प्रयास गरिरहेको बेला प्रहरी पुगेका थिए ।मिलापत्र गराउने कार्यमा संलग्नहरु समेतलाई इलाका प्रहरी कार्यालय सबैलामा ल्याएपनि पछि उनीहरुलाई छाडिएको बताइएका छ ।

प्रहरीका अनुसार किसोरीलाई एकजना युवाले हात समातेको, अर्काले आपत्तिजनक हर्कतगर्दै भीडीयो बनाएको र तेस्रो युवा उभिएको उजुरी परेको छ ।पीडितले दिएको उजुरीको अधारमा घटनामा संलग्न युवाहरुको खोजी भइरहेकोछ ।तर शुक्रवार सम्म कोही पक्राउ परेको छैन् । युवाहरुले किसोरीको अश्लिल भीडीयो बनाएर ‘ब्लैकमेल’ गर्ने उदेश्य राखेको प्रहरीले अनुमान गरेको छ । ‘एटेम्प्ट टू रेप’मा उनीहरुमाथि मुद्दा दर्ता गरिएको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले जनाए ।‘स्थानीय केहि मानिसले घटनालाई मिलापत्र गराउने प्रयास गरेपनि प्रहरीले मुद्दा दर्तागरि कार्वाहीको प्रकृयालाई अगाडी बढाइसकेको उनले बताए । स्थानीय बासिन्दाका अनुसार पीडितको खिंचिएको भीडीयो हटाइदिने र क्षतिपुर्ती बापत रकम दिएर मिलापत्र गराउन पीडक पक्षले पीडित परिवारलाई अझै दवाव दिइरहेका छन् ।प्रहरीले दोषीहरुलाई पक्राउ गर्न ढिलाइ गरेको उनीहरुको आरोप छ ।

Comment


Related News

Latest News

Trending News