२०७८ जेष्ठ १५, शनिबार ०७:३१

कोभिड–१९ को अवस्थाबारे प्रदेश २ का आठै जिल्लाका सीडीयो(प्रमुख जिल्ला अधिकारी)हरुले शुक्रबार बिहान मुख्यमन्त्री लालबाबु राउतलाई ‘ब्रिफिङ’ गरेका छन् ।

प्रदेशका जिल्लाहरुमा करिब तीन सातादेखि जारी निषेधाज्ञाले कोरोना संक्रमण केही हदसम्म न्युनिकरण भएको छ । सबै जिल्लामा केही दिन यता संक्रमितको संख्या घट्दै गएको छ । सीडीओहरुले आ आप्mनो जिल्लाको अवस्थाबारे मुख्यमन्त्री राउतलाई जानकारी गराउँदै स्थिति नियन्त्रण बाहिर नरहेको बताएका थिए । प्रदेशमा सबैभन्दा बढी पर्सा र धनुषा जिल्ला प्रभावित छ । दुवै जिल्लामा संक्रमित बढ्दै गएपछि संघीय सरकारको कोभिड–१९ व्यवस्थापन समितिले उच्च जोखिम जिल्लाको सूचिमा राखेको थियो । तर, केही दिन यता पर्सा र धनुषामा पनि संक्रमितको संख्या घट्दै गएको तथ्यांकहरुले देखाएको छ । पछिल्लो समय चुनौतीपूर्ण बनेको अक्सिजन व्यवस्थापनमा विशेष ध्यान दिन मुख्यमन्त्री राउतले सीडीयोहरुलाई निर्देशन दिएका छन् । उपचार अभावमा कुनै नागरिकले ज्यान गुमाउनु नपरोस् भने लक्ष्य लिएर अगाडी बढ्न मुख्यमन्त्री राउतले सीडीयोहरुलाई निर्देशन दिए । यसको लागि प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको उनले प्रष्टयाए । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको भर्चुअल सम्बादमा मुख्यमन्त्री राउतले आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु संग जिल्लाको वर्तमान अवस्था, सरकारले चालेका कदमहरुको प्रभाव र अगामी दिनमा अपनाउनु पर्ने रणनीति बारे जानकारी लिएका थिए ।

सो क्रममा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लामा रहेको कोरोना संक्रमितहरुको अवस्था, अस्पतालहरुमा थप गर्नुपर्ने सुविधा बारे जानकारी गराएका थिए । प्रमुख जिल्ला अधिकारीहरुको व्रिफिङ्ग पछि मुख्यमन्त्री राउतले आवश्यक मांगहरु प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्र र मन्त्री परिषदको बैठकबाट निर्णय गरिने बताए । बैठकमा प्रमुख सचिव गोकर्णमणी दुवाडी सहित सरोकारबाला मन्त्रालयका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News