२०७८ जेष्ठ १५, शनिबार १२:५९

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् ।

गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएका छन् । गणतन्त्र प्राप्तिका लागि ज्यानको आहूति दिने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै राउतले शुभकामना सन्देशमा भनेका छन्, ‘शहीदहरुले देखाउनुभएको बाटोमा हिंड्न प्रदेश सरकार सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’

Comment


Related News

Latest News

Trending News