अपडेट 
२०७८ जेष्ठ १६, आईतवार ०८:०८

प्रदेश २ का नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले अध्यादेश मार्फत संघीय सरकारले ल्याएको बजेट समग्रमा राम्रो भएपनि कार्यान्वयण चुनौतीपूर्ण हुने प्रतिक्रिया दिएका छन् ।

उनले कोरोना भाइरसलाई लक्षित गरी स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनु राम्रो पक्ष भएको बताए । ‘धेरै महत्वकांक्षी योजनाहरु ल्याएको छ । जुन कार्यान्वयणमा ठूलो चुनौती छ’, उनले भने, ‘तर यो चुनावी सरकार हो । संसद पुर्नस्थापना भएन र कार्तिकमा कहीँ चुनाव भयो भने मंसिरमा नयाँ सरकार बन्छ । त्यसपछि त कार्यक्रम त्यतिकै रहिहाल्छ ।’ सरकारले व्यावसायिक वर्गलाई छुट दिएर राम्रो गरेको पनि उनले बताए । तर कोरोनाको मारमा परेका गरिबका लागि राहतको प्याकेज नल्याएकोमा उनले दुःख व्यक्त गरे । ‘गरिब वर्गमा भोकमरी सुरु अवस्था आउन लागेको छ’, उनले भने, ‘विकास योजनाभन्दा पनि उनीहरुको जीवन रक्षाका लागि प्याकेज ल्याउन जरुरी थियो । तर प्याकेजको घोषण गरिएन ।’ बढेको महँगी अनुसार कर्मचारीको तलब नबढेको पनि उनले टिप्पणी गरे । भने, ‘दुई वर्षमा कति महँगी बढ्यो भन्ने कुराको ख्याल नगरी गलत तथ्यांकको आधारमा कर्मचारीको मात्र दुई हजार तलब बढाएको छ ।’ उनले संसद विकास कोष र गरिबी निवारण कोष खारेज गर्नुलाई सकारत्मक रहेको बताए ।

‘गरिबी निवारण कोष खारेज गरेपनि गरिबसँग विसेश्वर योजनालाई निरन्तरता दिएको छ’, उनले भने, ‘यो पनि सकारात्मक नै हो ।’ सुनकोशी–मरिन डायभर्सन, पूर्वपश्चिम रेलमार्ग जस्ता महत्वकांक्षी योजना तीन वर्षमै सम्पन्न गर्न नसकिने उनको भनाई छ । ‘जयनगर–जनकपुर रेल त सञ्चालनमा ल्याउन सकिएको छैन । अनी त्यति ठूलो योजना कसरी ३ वर्षमा सम्पन्न हुन्छ ? उनको प्रश्न छ ।

Comment


Related News

Latest News

Trending News